coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

सबैभन्दा गतिलो काम बाँकी नै छ

अहिले हाम्रो समग्र देश परिवर्तनको प्रक्रियामा छ । सबैतिर उत्साह–उमंग जागिरहेको छ । हाम्रा अगाडि नयाँ–नयाँ अवसर र चुनौतीहरू खडा हुँदैछन् । यस्तो महत्वपूर्ण समयमा तपाईंहरू आ–आफ्नो व्यावसायिक जीवनमा प्रवेश गर्न लाग्नुभएको छ । तपाईंहरूका लागि यो ठूलो अवसर हो । यस्तो बेलामा तपाईंहरू-

केही दिन पहिले युरोपको एउटा विश्वविद्यालयमा दीक्षान्त भाषण गर्दा मैले त्यहाँका स्नातकहरूलाई यस्तै विषयमा सम्बोधन गरेको थिएँ । तपाईंहरूलाई पनि म अहिले तीनवटा बुँदामा केही सल्लाह दिन चाहन्छु ।

ड्ड    चुप लागेर नबस्नुहोस् । नेतृत्व आफैँ लिन तयार हुनुहोस् ।

ड्ड    अरूले पहिलो पाइला चालोस्, त्यसपछि आफू पछि लागौँला भनेर अर्काले पाइला चाल्ने क्षण पर्खेर नबस्नुहोस् । आफैँ अगाडि बढ्नुहोस् ।
ड्ड    कसैको पनि मूल्यांकन गर्दा पहिलोपटक पाइला चाल्ने, नेतृत्व लिने र छिटै निर्णय गर्ने व्यक्तिको मात्रै उच्च मूल्यांकन हुन्छ । इतिहास पनि त्यस्ता व्यक्तिको मात्रै कोरिन्छ । यो तथ्य बुझेर अघि बढ्नुहोस् ।

ड्ड    जहाँ जे काम गर्दा पनि तन–मन लगाएर मिहिनेतपूर्वक गर्नुहोस् । अनि मात्र नेतृत्व लिन सक्नुहुनेछ । त्यसैले मिहिनेत गरेर नेतृत्व लिने साहस गर्नुहोस् । सक्रिय बन्नुहोस् र चुनौतीहरूका बीचमा अवसरहरूको खोजी गर्नुहोस् । त्यसो गर्नुभयो भने नेतृत्वका लागि गुणस्तरीय शिक्षा भन्ने यस विश्वविद्यालयको मिसन तपाईंहरूबाट सार्थक बन्नेछ ।

तपाईंहरू यस समारोहपछि व्यावहारिक संसारतिर पाइला बढाउँदै हुनुहुन्छ । जीवनको नयाँ अध्याय सुरु गर्दै हुनुहुन्छ । अब तपाईंहरूले आ–आफ्नो व्यावसायिक दक्षता र क्षमताको प्रयोग गर्ने बेला आएको छ । तपाईंहरूका अगाडि दुईवटा विकल्पहरू हामीले देखेका छौँ —
ड्ड    पहिलो विकल्प ः
अरू धेरै मान्छेहरू जे गर्छन्, तपाईं पनि त्यही गरेर बस्न सक्नुहुनेछ । समयले जता डोहो¥याउँछ, त्यतै बग्न सक्नुहुनेछ । परम्पराको पछि लाग्न सक्नुहुनेछ । यसो गर्न सजिलो पनि छ । यसो गरे जीवन सजिलै बित्न सक्छ । त्यसैलाई सफलता मान्ने हो भने त्यसमा तपाईंहरू सफल पनि बन्नुहुनेछ । प्रशस्त पैसा अनि केही इज्जत र नाम पनि कमाउनुहुनेछ । यसबाट सुख र सन्तुष्टि पनि लिनुहुनेछ ।

ड्ड    दोस्रो विकल्प ः
तपाईंहरू अरूले छाडेका र गर्न आँट नगरेका समस्याहरू समाधान गर्न तत्पर हुनुहुनेछ । तपाईंहरूका अगाडि नयाँ चुनौतीहरू थुप्रै छन् । तिनीहरूलाई बाँकी संसारले देखेकै छैन अथवा देखेर पनि बेवास्ता गरेको छ । तपाईंहरू ती चुनौतीहरूलाई आत्मसात गर्दै अगाडि बढ्न सक्नुहुनेछ ।

मलाई नै सोध्नुहुन्छ भने म तपाईंहरूलाई दोस्रो विकल्प रोजेर अघि बढ्ने सल्लाह दिन चाहन्छु । किनभने स्वास्थ्य क्षेत्रमा तपाईंहरूका लागि थुप्रै चुनौतीहरू छन् । जस्तै —
ड्ड    विकास नपुगेका ठाउँमा र बेवास्ता गरिएका जनतासम्म पुग्ने चुनौती,

ड्ड    सेवाबाट वञ्चित समुदायसम्म स्वास्थ्यसेवा विस्तार गर्ने चुनौती,

ड्ड    स्वास्थ्य क्षेत्रमा नयाँ विधाहरूको स्थापना गर्ने चुनौती,

ड्ड    स्वास्थ्यविज्ञानमा नयाँ प्राज्ञिक कार्यक्रम सञ्चालन गर्ने र तालिमहरू दिने चुनौती,

ड्ड    अनि सहकार्य गरेर सेवा–सुविधाका लागि नयाँ तरिकाहरूको विकास एवं अनुसन्धान गर्ने चुनौती ।

तपाईंहरूलाई मेरो सल्लाह के छ भने तपाईंहरू यस्ता विषयहरूमध्ये कुनै पनि विषयमा आफ्नो व्यावसायिक जीवनलाई समर्पित गर्नुहोस् र आफ्नो क्षेत्रमा केही न केही अमूल्य योगदान गरेर आफ्नै इतिहास रच्नुहोस् । हामी चाहन्छौँ तपाईंहरू पुरानो घरमा थपिएको एउटा इँटा मात्रै नबन्नुहोस्, जमिनमा ठड्याइएको नयाँ स्तम्भ नै बन्नुहोस् ।
ड्ड    जसले बाँझो छोडिएको जमिनतिर बटुवाहरूको ध्यान खिच्न सक्छ,

ड्ड    जसले अरू संरचनाहरूका लागि आधारशिलाको काम गर्न सक्छ,

तपाईंहरू त्यस्तो स्तम्भ बनेको हामी हेर्न चाहन्छौँ ।

तपाईंहरूको यो विश्वविद्यालयलाई नै हेर्नोस् न,  नेतृत्व लिन साहस गर्नेहरूले बनाएको यो एउटा स्तम्भ हो । आफ्नै इतिहास र पहिचान बोकेको धुलिखेल अस्पताल यस्तै अर्को एउटा सानो स्तम्भ हो । अरूले ध्यान दिन नभ्याएका क्षेत्रमा चुनौती लिएकैले यी कीर्तिहरू खडा भएका हुन् ।

दोस्रो सल्लाह हो ः परम्परालाई चुनौती दिनुहोस् ।

महान् लक्ष्य बोकेर अगाडि बढ्दा परम्परालाई चुनौती दिनुपर्ने पनि हुन सक्छ । त्यस्तो चुनौतीलाई स्वीकार गर्नुहोस् ।

काठमाडौँ विश्वविद्यालयले स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवा निश्चित वर्गका लागि मात्रै हो भन्ने परम्परा र मान्यतालाई चुनौती दियो ।
ड्ड    यस विश्वविद्यालयले चिकित्सा शिक्षा सुरु गर्नुभन्दा पहिले नेपालमा बर्सेनी १०० जनाभन्दा कम डाक्टरहरू निस्कन्थे । अहिले हामी बर्सेनी १ हजारभन्दा बढी चिकित्सा स्नातकहरू उत्पादन गर्छौं । ती स्नातकहरू देशको स्वास्थ्य क्षेत्रको स्थितिलाई नै परिवर्तन गर्न सक्षम छन् । तिनीहरूमध्ये कैयौँ स्नातकहरू विश्वका विभिन्न भागमा सफलतापूर्वक आफ्नो व्यावसायिक जीवन बिताइरहेका छन् ।

ड्ड    पहिले हजारौँ नेपालीहरू चिकित्सा शिक्षा अध्ययन गर्न विदेशमा गएर करोडौँ रुपियाँ खर्च गरिरहेका थिए । किनभने उच्च स्तरका शैक्षिक संस्थाहरू विदेशमा मात्रै थिए । हामीले त्यो परिस्थितिलाई पनि चुनौती दियौँ । चिकित्सा शिक्षा सुरु गरेदेखि आजसम्ममा हामीले १२ हजारभन्दा बढी चिकित्सा स्नातकहरू उत्पादन गरिसकेका छौँ । सयौँ विदेशी नागरिकहरू हाम्रो विश्वविद्यालयबाट स्नातक भएका छन् र संसारका विभिन्न स्थानमा कार्यरत छन् ।


ड्ड    पहिले सयौँ सरकारी स्वास्थ्यकेन्द्रहरूमा डाक्टरको अभाव थियो । अभावलाई जीवनको अति सामान्य पक्षका रूपमा स्वीकार गर्ने परम्परागत सोच नै त्यसको कारण थियो । हामीले त्यो सोचलाई पनि चुनौती दियौँ । फलस्वरूप हामीकहाँ पूर्ण छात्रवृत्तिमा पढेका १ हजारभन्दा बढी चिकित्सा स्नातकहरूले ग्रामीण भेगका स्वास्थ्यकेन्द्रहरूमा सेवा गरेका छन् । हामीले करिब ५० करोड रुपियाँ बराबरको छात्रवृत्ति बर्सेनी प्रदान गर्न सकिरहेका छौँ । यो तथ्यबाट हामीलाई गौरव बोध हुन्छ ।

ड्ड    विगतमा हिमाली, पहाडी र तराई क्षेत्रका बिरामीहरू अत्यन्त सामान्य उपचार गराउन पनि काठमाडौँ पुग्न बाध्य थिए । किनभने उच्च स्तरका सुविधाहरू राजधानीमा मात्रै हुन्छन् भन्ने सोच थियो । त्यो सोचाइ यथार्थसँग मिल्दोजुल्दो पनि थियो । हामीले त्यो सोचलाई चुनौती दियौँ । त्यसैको फलस्वरूप अहिले काठमाडौँ विश्वविद्यालय अस्पताल धुलिखेल अस्पताल र यस विश्वविद्यालय अन्तर्गतका अन्य मेडिकल कलेजका अस्पतालहरूबाट नेपालका कुनाकाप्चामा बस्ने दसौँ हजार बिरामीहरूले बर्सेनी उच्च स्तरको सेवा–सुविधा पाइरहेका छन् । यसका लागि हाम्रा मेडिकल कलेजहरू धन्यवादका पात्र बनेका छन् ।

यसरी परम्परालाई चुनौती दिएर हामीले नेपालको स्वास्थ्य सेवा र स्वास्थ्य विज्ञानको परिस्थितिलाई राम्रैसँग बदल्न सकेका छौँ । अझै पनि —
ड्ड    नयाँ संस्थाहरू स्थापना गरेर,

ड्ड    नयाँ प्राज्ञिक कार्यक्रमको अगुवाइ गरेर,

ड्ड    धेरै समुदायहरूसम्म फैलिएर,

ड्ड    अध्ययन–अनुसन्धानमा नयाँ सुरुवातहरू गरेर,

ड्ड    राष्ट्रिय–अन्तर्राष्ट्रिय सहकार्यहरू विस्तार गरेर,

ड्ड    हालका कार्यक्रमहरूलाई अझ बलियो पारेर

हामी सकारात्मक परिवर्तनका लागि कटिबद्ध छौँ । यस कार्यमा हामी रोकिने छैनौँ र तपाईंहरू पनि नरोकिनुहोस् ।


तेस्रो र अन्तिम सल्लाह हो ः कहिल्यै निराश नबन्नुहोस् ।

तपाईंहरूको प्रगतिको बाटोमा थुप्रै अवरोधहरू भेटिन सक्छन् । तर निराश नहुनुहोस्, अनि आफ्नो शक्ति र क्षमतामाथि शंका पनि नगर्नुहोस् । राम्रो काम गर्न खोज्दा सुरुमै विरोध हुन सक्छ र बाटोमा व्यवधान आउन सक्छ । त्यस्ता बाधा–अवरोध आइपर्नु प्रकृतिको नियम नै हो । तर तपाईंहरू आफूले लिएको स्पष्ट लक्ष्यबाट विचलित नहुनुहोस् ।

नयाँ काम सुरु गर्दा मान्छेहरू तपाईंहरूलाई बेवास्ता गर्नेछन् । सफलताका लक्षणहरू देखिन थालेपछि आलोचना गर्नेछन् । तर तपाईंहरू कहिल्यै विचलित नबन्नुहोस्, निराश नहुनुहोस् ।
ड्ड    तपाईंको कार्यालयमा तालाबन्दी हुन सक्छ र बाटोमा अवरोध खडा गरिन सक्छ, तर तपाईंका सिद्धान्त र मान्यताहरूलाई बाँधेर प्रगतितर्फको तपाईंको कदम कसैले रोक्न सक्तैन,

ड्ड    तपाईंका अगाडि कालो झण्डा प्रदर्शन गर्नुका साथै हडताल पनि हुन सक्छ, तर कसैले पनि तपाईंको उपलब्धिलाई छायाँमा पार्न सक्तैन,

आखिर तपाईं सफल हुनुहुनेछ । तपाईंको सेवा पाएका बिरामीहरूको विश्वास र तपाईंले अँगालेको सत्यको बलले तपाईंलाई असफल हुन दिँदैन । तपाईंले आँट गरेर चुनौतीसँग जुध्नुपर्छ, निराश बन्नु हुँदैन ।

हामीले बुझेको सफलताको सूत्र पनि यही नै हो ।


विश्वविद्यालय भनेको राष्ट्रको प्रयोगशाला हो भन्ने हाम्रो मान्यता हो । यसैले हामी —
ड्ड    ‘कक्षाकोठादेखि समुदायसम्म’ भन्ने अवधारणामा जोड दिइरहेका छौँ ।

ड्ड    शैक्षिक संस्थाको उपस्थिति र कामले समुदायलाई लाभ पुग्नुपर्छ भन्ने मान्यतामा दृढ बनेका छौँ ।

ड्ड    शिक्षण, तालिम र अनुसन्धान जस्ता प्राज्ञिक गतिविधिहरूलाई बढीभन्दा बढी जीवनहरू छुन र बदल्न सक्ने क्षेत्रहरूमा केन्द्रित गरिरहेका छौँ ।

तर म सदाझैँ भन्न चाहन्छु, ‘द बेस्ट इज एट टु कम’ अर्थात् सबैभन्दा गतिलो काम त हुन बाँकी नै छ ।


हामी नियमित शैक्षिक कार्यक्रमबाहेक —
ड्ड    वर्षभरि नै विश्वस्तरका तालिमहरू आयोजना गर्छौं ।

ड्ड    अनुसन्धान र मेडिकल साइन्सका क्षेत्रमा कैयौँ स्वास्थ्यकर्मीहरूलाई नयाँ ज्ञान र सीप प्रदान गर्छौं ।

ड्ड    हामीसँग विभिन्न सेन्टरको संरचना निर्माण गर्ने महत्वपूर्ण आयोजना छन् । ती आयोजना पूर्ण भएपछि हामी नेपाली जनतालाई अत्याधुनिक स्वास्थ्य सुविधाहरू प्रदान गर्न अझ सक्षम हुनेछौँ ।

त्यसैले हामीले भन्ने गरेका छौँ, नेपालीहरूले अहिले पाएका सुविधाभन्दा धेरै उच्च स्तरका सुविधाहरू पाउनुपर्छ । हामीले यी मूल्य–मान्यता बोकेका छौँ ।

हालै मुलुकमा भएका परिवर्तनहरूले गर्दा हामीलाई समाजको उत्थान गर्ने अवसर प्राप्त भएको छ । काठमाडौँ विश्वविद्यालयले स्वास्थ्य, वातावरण, खानेपानी, ढलनिकास तथा सरोेकारका अन्य विषयहरूमा स्थानीय निकायहरूसँग सक्रिय सहकार्य गर्न सुरु गरिसकेको छ । हामी नेपालका अन्य क्षेत्रमा पनि शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्न, नयाँ संस्थाहरू स्थापना गर्न र आवश्यक देखिएका हरेक खालका प्राज्ञिक क्रियाकलापमा सहकार्य गर्न उत्सुक छौँ । शैक्षिक संस्थाहरूले साँघुरो घेरामा बसेर काम गर्नु हुँदैन । हामी हाम्रो क्षेत्र फराकिलो बनाउन चाहन्छौँ ।

ड्ड    समग्र देशको हितमा हाम्रो क्षमताको उपयोग गराउनका लागि,

ड्ड    उच्च शिक्षा हासिल गर्नुलाई सपना ठान्ने समुदायसम्म पुग्नका लागि,

ड्ड    विश्वविद्यालय भनेको स्थापना गर्नै नसकिने महत्वाकांक्षी संरचना ठानेर रुमल्लिएका प्रदेशहरूका लागि,

ड्ड    नयाँ प्राज्ञिक विषयहरूमा अगुवाइ गर्ने प्रशस्त सम्भावना हुँदाहुँदै पनि विशेषज्ञको अभाव खेपिरहेका ठाउँहरूका लागि,

हामी हाम्रो गहन प्रतिबद्धता र सहयोगको तत्परता देखाउन चाहन्छौँ ।
हामी ग्लोबल इन्गेजमेन्ट इनिसियटिभ मार्फत विदेशका विद्वान् एवं विशेषज्ञहरूसँग सहकार्य गर्न खोजिरहेका छौँ । त्यसैले —
ड्ड    हामीलाई झकझक्याइरहने प्रवासी नेपाली दाजुभाइ तथा दिदी–बहिनीहरूलाई पनि हाम्रो अभियानमा सामेल भइदिन हामी आह्वान गर्न चाहन्छौँ ।

ड्ड    यस सन्दर्भमा जोन एफ केनेडीको भनाइलाई यहाँ आफ्नै तरिकाले म अभिव्यक्त गर्न चाहन्छु —  ‘काठमाडौँ विश्वविद्यालयले तपाईंका लागि के गरिदिन सक्छ भनेर नसोध्नुहोस्, बरू तपाईं–हामी मिलेर यो देशका लागि के गर्न सक्छौँ भनेर सोचौँ ।’

हामी हाम्रा पूर्वविद्यार्थीहरूलाई पनि हामीसँग सम्पर्कमा रहिरहन अनुरोध गर्न चाहन्छौँ । यसै वर्षदेखि हामी पूर्वविद्यार्थीहरूसँगको सञ्चार र सहकार्यलाई सहज बनाउन थाल्दैछौँ । हाम्रा पूर्वविद्यार्थीहरू नै यो देश र विश्वका लागि हाम्रा विशेष दूतहरू हुनुहुन्छ । सहकार्यद्वारा महान् कार्यहरू गर्ने विचारका साथ तपाईं–हामी भेट गरौँ ।

 

पत्रकार तथा सञ्चारकर्मी साथीहरू !

तपाईंहरूमा रहेको ऊर्जा र शक्तिलाई समाजमा आशा, उत्साह र दृढताको सन्देश सम्प्रेषण गर्न केन्द्रित गरिदिनुहोस् । तपाईंहरूको रचनात्मक आलोचना हाम्रो विकासका लागि अपरिहार्य छ । अनि तपाईंको क्षमता समाजमा सहकार्य र सहयोगको वातावरण निर्माण गर्न पनि उत्तिकै आवश्यक छ ।
ड्ड    नेपालमा केही हुँदैन भन्नेहरूलाई,

ड्ड    सरकार र स्थानीय निकायहरूसँग सहकार्य गर्न असम्भव ठान्नेहरूलाई,

ड्ड    अनि आफूसँग प्रशस्त स्रोत–साधन नभए कुनै उल्लेख्य काम गर्न सकिँदैन भन्नेहरूलाई

काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालमा आउन भनिदिनुहोस् ।


प्यारा स्नातकहरू !

आफ्नो योग्यता र क्षमता प्रस्फुटन गराउन हाम्रा लागि —
ड्ड    नेपालभन्दा गतिलो ठाउँ अन्त छैन,
ड्ड    नेपालभन्दा न्यानो र प्रिय ठाउँ अरू छैन,
ड्ड    नेपालभन्दा सुन्दर देश अर्को छैन ।

अन्त्यमा, कवि भूपी शेरचनको ‘मेरो देश’ कविताका सुन्दर शब्दहरू प्रस्तुत गर्दै बिदा हुन चाहन्छु —

जहाँ प्रत्येक पहाडको काखमा नदी
छातीमा छहरा
र निधारमा लेक हुन्छ
जहाँ ससाना नदीहरूमा पनि
तुफानी समुद्रको वेग हुन्छ
जहाँ एकबाजि आएर
घर फर्कन वसन्त भुल्दछ
म जति टाढा भए पनि त्यो मेरो देश
सधैँ मेरो मनले
सपनामा पाइला टेकेको हुन्छ ।
(काठमाडौँ विश्वविद्यालयको २३ औँ दीक्षान्त समारोहको प्रथम चरणको अवसरमा उपकुलपति प्रा. डा. माकजु श्रेष्ठको स्वागत भाषणको सम्पादित अंश)

प्रकाशित: ५ मंसिर २०७४ ०४:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App