७ वैशाख २०८१ शुक्रबार
खेल

मोयेजको दुखद सुरुआत

वाट्फोर्ड- वेस्ट ह्याम प्रशिक्षकका रूपमा डेविड मोयेजको सुरुआत दुखद हुँदा वाट्फोर्डले आइतबार इङ्लिस प्रिमियर लिगमा संघर्षरत टोलीमाथि २–० को विजय हासिल गरेको छ ।
लगातारको खराब नतिजाका कारण स्लाभेन बिलिच बर्खास्तगीमा परेपछि उनलाई स्थानान्तरण गरेका मोयेजको नेतृत्वमा वेस्ट ह्यामले आइतबार वाट्फोर्डसँग पहिलो खेल खेलेको थियो । तर म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक तत्काल नयाँ क्लबको भाग्य मोड्न सफल भएनन् ।
भिकारेज रोडमा विल ह्युज्सले पहिलो हाफमा वाट्फोर्डलाई अग्रता दिलाए । रिचार्लिसनले दोस्रो हाफमा अर्को गोल गरेपछि वेस्ट ह्यामको विजयरहित यात्रा पाँचौं खेलसम्म निरन्तर रह्यो ।
लगातारको असफल नतिजापछि वेस्ट ह्याम पुछारबाट तेस्रो स्थानमा कायम छ । प्रिमियर लिगबाट पुछारका तीन टोली रेलिगेसनमा पर्ने प्रावधानअनुसार टोली सुरक्षित क्षेत्रभन्दा १ अंकले पछि छ । टोलीलाई रेलिगेसन क्षेत्रबाट माथि उठाउन नसकेका कारण बिलिचले जागिर गुमाएका थिए ।
‘यो निकै ठूलो काम हो भन्ने मलाई थाहा थियो । केही प्रतिष्ठित ठूला नाम भएका खेलाडीले मलाई निराश पारेका छन्,’ मोयेजले भने, ‘तर खेलाडीले मसामु आफूलाई प्रमाणित गर्नुपर्छ । उनीहरूले किन ठूलो खेलाडीको पहिचान बनाएका छन् भन्ने प्रमाण दिनुपर्छ । मलाई यस्तो प्रदर्शनले चित्त बुझ्दैन । म हाम्रो टोलीबाट योभन्दा धेरै राम्रो प्रदर्शनको अपेक्षा गर्छु ।’

प्रकाशित: ५ मंसिर २०७४ ०४:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App