८ वैशाख २०८१ शनिबार
खेल

कोहलीको पचासौं शतक

कोलकाता- कप्तान विराट कोहलीले ५०औं शतक पूरा गरेको दिन भारतले सोमबार श्रीलंकाविरुद्धको पहिलो टेस्ट बराबरीमा टुंग्याएको छ ।
भारतले ३५२–८ मा दोस्रो इनिङ समाप्तिको घोषणा गरेपछि  २ सय ३१ रनको विजयलक्ष्य पछ्याएको श्रीलंकाले पाँचांै तथा अन्तिम दिन ७५–७ रन जोड्दा खराब प्रकाशका कारण निर्धारित ओभरको खेल सम्भव नभएपछि पहिलो टेस्ट बराबरीमा सकिएको हो । श्रीलंकाका धसुन सनाकाले अविजित ६ रन खेले ।
दोसो इनिङमा श्रीलंकाका विकेटकिपर ब्याट्सम्यान निरोशान डिकबेलाले २७ र कप्तान दिनेश चण्डीमलले २० रन जोडे । ३६ बल खेलेका डिकबेलाले २ चौका र २ छक्का प्रहार गरे ।  त्यस्तै ३३ बलको सामना गरेका चण्डीमलले ३ चौका प्रहार गरे ।
श्रीलंकालाई दोस्रो इनिङमा दबाबमा पार्ने क्रममा भुवनेश्वर कुमारले ८ रन खर्चंदै ४ विकेट लिए । त्यस्तै मोहम्मद सामीले दुई र उमेश यादवले एक विकेट लिएका थिए ।
यसअघि १७१–१ बाट अन्तिम दिनको खेल सुरु गरेको भारतले कोहलीको अविजित १ सय ४ रनको मद्दतमा ३५२–८ मा दोस्रो इनिङ समाप्तिको घोषणा गरेको थियो । १ सय १९ बल खेलेका कोहलीले १२ चौका र २ छक्का प्रहार गरे ।
श्रीलंकाका सुरंगा लकमल र सनाकाले समान ३ विकेट लिँदा दिलरुवान परेरा तथा लेहरु गामागे समान १ विकेट लिए ।
तीन टेस्ट शृंखलाअन्तर्गतको दोस्रो टेस्ट शुक्रबारबाट नागपुरमा सुरु हुनेछ ।

प्रकाशित: ५ मंसिर २०७४ ०४:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App