coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ओलीले भने: यो देशमा कम्युनिष्ट शासन आयो आयो

चितवन- नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यो देशमा कम्युनिष्टको शासन आउन कसैले रोक्न नसक्ने बताएका छन्। तर कम्युनिष्ट शासन आउँदा लोकतन्त्र रहँदैन भनेर कोही चिन्तित र त्रसित नहुने उनले आग्रह गरे।

बाम गठबन्धनले मंगलबार भरतपुरमा आयोजना गरेको सभामा बोल्दा नेता ओलीले भने ‘नेपाली काँग्रेसका साथीलाई चाहिएको लोकतन्त्र हैन, लोकतन्त्र हामी दिन्छौं । त्यस कारण किन चिन्ता गर्नु हुन्छ ।’ अध्यक्ष ओलीले शान्ति र स्थायीत्वका लागि स्थीर सरकार हुनु पर्ने भएका कारण बामपन्थीहरु मिलेको बताए । एमाले र माओवादी मिलेपछि पाँच वर्ष ढुक्कसँग सरकार चल्ने गरेर बहुमत आउने उनले दावि गरे।

कसै कसैले एमाले माओवादी मिल्दा लोकतन्त्र खतरामा पर्छ भनेको सुन्दा आफुलाई उदेक लागेको उनले बताए। ‘लोकतन्त्र उनीहरुले ल्याएर किस्तिमा राखेर हामीलाई दिए जस्तो कुरा गर्छन् । हामी कुनै ख्याल ठट्टा गरेर यहाँसम्म आएको हो र ? हामी दमन सहेर, यातना सहेर, बलिदान पूर्ण संघर्षको एउटा गौरब पूर्ण इतिहास पार गरेर आएका शक्ति हौं। अनि हाम्रा कारणले लोकतन्त्र कसरी  खतरामा पर्छ ?’ उनको प्रश्न थियो।

ओलीले काँग्रेसले नै पटक पटक लोकतन्त्रलाई संकटमा पारेको आरोप पनि लगाए । ‘अरुले क्षणिक स्वार्थका लागि लोकतन्त्रका कुरा गर्लान तर लोकतान्त्रिक आचरण देखाउँदैनन्, निष्टा राख्दैनन् । लोकतन्त्रलाई पटक पटक या त दरबार बुझाउँछन साधरणतया असफल बनाउँछन । तर हामी लोकतन्त्रका लागि लडेर आएका छौं । र लोकतन्त्र हामी बचाउँछौं । यसमा हाम्रो रगत बगेको छ। बलिदान मिसिएको छ’ ओलीले भने ।

ओलीले लोकतन्त्रका लागि संघर्ष गर्ने काँग्रेसहरु धमाधम एमालेमा आउन लागेको बताए । ‘नेपाली काँग्रेसका नेताहरुलाई म सोध्न चाहन्छु ४६ सालको आन्दोलनमा अहिले गुड्डि हाँक्ने नेताहरु कहँ कहाँ थिए ? संघर्षका मैदनमा कति थिए ? संघर्षका मैदनमा जो थिए तिन्ले छाडेर एमालेमा आइसके’ ओलीले भने । काँग्रेसका लागि संघर्ष गर्ने विराटनगरका उमेश गिरीसमेत एमालेमा भित्रिएको उनले बताए ।

ओलीले निर्वाचन विरोधी गतिविधि बढ्दा पनि सरकार सुरक्षामा गम्भिर नभएको बताए । ‘भएको गृहमन्त्रीलाई बिना विभागीय बनाए । अर्को राख्ने हैन । ठाउँ ठाउँमा बम पड्केको छ । प्रधानमन्त्री ठिकै छ । सुरक्षा राम्रै छ भन्नु हुन्छ। यस्तो तालले हुन्छ ? किन यसो गरेको ? कि सुरक्षाको कारणले चुनाब सार्न खोजेको हो ? त्यसो हा भने त्यो गम्भी अपराध हुन्छ । अब त चुनाब कसै गरे पनि रोकिन्न’ ओलीले भने ।

 

प्रकाशित: ५ मंसिर २०७४ १४:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App