८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

साउदीमा राजीनाको घोषणा गरेका लेबनानी प्रधानमन्त्री स्वेदश फर्किए

बेरूत– दुई साता अगाडि साउदी अरेबियाबाट नै राजीनामाको घोषणा गरेका लेबनानका प्रधानमन्त्री साउद हरिरि स्वदेश फर्किएका छन्। लेबनानको राजधानी बेरूत पुग्दा उनको स्वागतमा ठूलो संख्यामा मानिसहरूको घुइँचो लागेको थियो।

करिब दुई साताको साउदी भ्रमणका क्रममा रहेकै बेला उनले प्रधानमन्त्री परित्याग गर्ने घोषणा गरे पश्चात् लेबनानमा राजनीतिक संकट देखा परेको थियो।

प्रधानमन्त्री हरिरिले आफूलाई मार्नका लागि षड्यन्त्र भएको भन्दै प्रधानमन्त्री पदबाट राजीनामाको घोषणा गरेका थिए। लेबनानका राष्ट्रपति मिशेल अनले हरिरिको उपस्थिति बिना उनको राजीनामा स्वीकृत नहुने बताएका थिए।

लेबनानमा बुधबार मनाइने स्वतन्त्रता दिवसमा सहभागी हुनका लागि हरिरि स्वदेश फिर्ता भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ। साउदी अरबबाट नै  उनी पेरिसको भ्रमणमा गएका थिए।

यसअघि सन् २००९ देखि २०११ सम्म पदीय दायित्व ग्रहण गरेका उनले गत नोभेम्बरमा प्रधानमन्त्री भएका थिए। उनका पिताको सन् २००५ मा अप्रत्याशित रूपमा हत्या गरिएको थियो। उनको समेत हत्याको योजना बनाइएको भन्दै उनी लेबनान नगई पेरिस गएका थिए।

फ्रान्सले लेबनानको राजनीतिक संकट समाधानका लागि मध्यस्थकर्ता भूमिका निर्वाह गर्दै आएको छ। फ्रान्सका राष्ट्रपति एम्मानुएल मार्काेले राजनीतिक संकटबारे वार्ताका लागि उनलाई फ्रान्स बोलाइएको बताएका थिए।

प्रकाशित: ६ मंसिर २०७४ १०:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App