coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पञ्जावकाे प्लाष्टिक उद्याेगमा आगलागी हुँदा तेह्रको मृत्यु

नयाँ दिल्ली – उत्तरी भारतीय राज्य पञ्जावमा गत सोमबार एक प्लाष्टिक उद्योगमा भएको आगलागीमा परी मृत्युहुने व्यक्तिको संख्या १३ पुगेको छ। सरकारी अधिकारीहरुले बुधबार सो जानकारी दिएका छन्। 

यस आगलागीमा परी सोमबार तत्कालै तीन व्यक्तिको मृत्यु हुनको साथै अन्य १५ जना कारखाना भित्र थुनिएका थिए। 

पञ्जावको राजधानी चेन्नईदेखि १०० किलोमिटर टाढा पर्ने मुस्ताक नगरमा रहेको सो प्लाष्टिक कम्पनीमा भएको आगलागी नियन्त्रणको लागि ५० भन्दा बढी अग्नीनियन्त्रकहरुको सहभागीता रहेको थियो। 

आगलागी भएको भवनको भग्नावशेषबाट केही व्यक्ति र केही अग्नी नियन्त्रकसमेत गरी १३ जनाको शव निकालेको लुधियानाका प्रहरी उपनिरीक्षकले बताए। 

सो घटानामा परी घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी अधिकारीहरूले जनाएका छन्। 

आगलागी भएको कारखानाभित्र पुरिएकाहरूलाई बाहिर निकाल्नका लागि अन्य उद्वारकर्ताहरू अर्धसैन्य सुरक्षाकर्मीहरू लगायतलाई परिचालन गरिएको छ। 

पञ्जाव राज्यका मुख्यमन्त्री अमरिन्द्र सिंह मङ्गलबार घटनास्थल पुग्नु भएको र मृतकको परिवार र घाइतेहरूलाई क्षतिपूर्तिको व्यवस्था गर्नको लागि आदेश दिएको बताएको छ। 

यस घटनाको अनुसन्धानको लागि पनि सिंहले आदेश दिएका छन्। 

प्रकाशित: ६ मंसिर २०७४ ११:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App