७ वैशाख २०८१ शुक्रबार
खेल

अस्ट्रेलियाली प्रशिक्षकद्वारा राजीनामा

सिड्नी– अस्ट्रेलियाका फुटबल प्रशिक्षक एन्जे पोस्टेकोग्लुले बुधबार पदबाट राजीनामा दिएका छन्।

अस्ट्रेलियाली टोलीलाई सन् २०१८ को रूस विश्वकपमा छनोट गराएको एक सातापछि पोस्टेकोग्लुले राजीनामा दिएका हुन्। एसियाली प्लेअफमा सिरियालाई पराजित गरेको अस्ट्रेलियाले अन्तरमहादेशीय प्लेअफमा होन्डुरसलाई पराजित गर्दैै  विश्वकपको टिकट काटेको थियो।

५२ वर्षे पोस्टेकोग्लनले राजीनामा दिनुको कारणबारे केही बताएका छैनन् । उनले पदबाट राजीनामा दिने यो सही समय भएको र अब  विदेशी क्लबको प्रशिक्षण सम्हाल्ने बताए । उनले सन् २०१३ मा टोलीको प्रशिक्षणको जिम्मेवारी सम्हालेका थिए। 

अस्ट्रेलियाले पोस्टेकोग्लुको प्रशिक्षणमा विगतमा विश्वकपको प्रदर्शन भुलाउँदै समूह चरण पार गर्ने लक्ष्य लिएको थियो । तर उनको  राजीनामापछि अस्ट्रेलियाली टोलीले अब नयाँ प्रशिक्षकमार्फत विश्वकपमा भाग्य परीक्षण गर्नेछ । अस्ट्रेलियाले सन् २०१४ को ब्राजिल विश्वकपमा समूह चरणका तीनवटै खेल गुमाउँदै अंकविहीन बनेको थियो।

‘अस्ट्रेलियाली टोलीसँग बिताएको समय मेरा लागि सधैँ अविस्मरणिय समयका रूपमा रहनेछ । मेरा लागि जिम्मेवारीबाट बिदाइ लिनु यो सही समय हो,’ पोस्टेकोग्लुले भने, ‘म सबै खेलाडी, अस्ट्रेलियाली फुटबल संघ र समर्थकलाई मलाई दिएको साथ र सम्मानका लागि विशेष धन्यवाद दिन चाहन्छु।’

प्रकाशित: ६ मंसिर २०७४ १४:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App