coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

रूपन्देही सेमिफाइनलमा

झापा- एपिएफलाई ३–१ ले पराजित गर्दैैै अग्नि रुपन्देही ११ बिहीबार मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । यससँगै रूपन्देही एपिएफसँग झापाली मैदानमा केही समयअघि भएको दुधे गोल्डककोे पराजयको  पनि बदला लिन सफल भएको छ ।
रूपन्देहीका लागि रजिन धिमाल, अफ्रिकन खेलाडी सेड्रिका अवा र दीपक राईले गोल गरेका थिए भने एपीएफका सुदीप शिख्राकारको गोल सान्त्वना मात्र भयो । एपिएफविरुद्ध आक्रामक रूपन्देहीले खेलको १४औँ मिनेटमै रजिन धिमालको गोलबाट अग्रता लिएको थियो । २५ यार्डबाट सेकेन्ड बार च्याप्दै धिमालले प्रहार गरेको बल एपिएफका गोलरक्षक राजु नगरकोटीले नियन्त्रणमा लिन नसक्दा उत्कृष्ट गोल भएको थियो ।
रूपन्देहीका अफ्रिकी खेलाडी सेड्रिका अवाले १८औँ मिनेटमा अर्काे गोल गरेपछि एपिएफ  समालिने स्थितिबाट टाढा पुगेको थियो । विपक्षी टिमका गोलरक्षक  दिलीप क्षत्री बिट भएपछि दीपक राईको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए । क्षत्री खेलको म्यान अफ दी म्याचसमेत घोषित भए ।
मध्यान्तरपछि नयाँ रणनीतिसहित मैदान छिरेको एपिएफका लागि ६०औँ मिनेटमा सुदीप शिख्राकारले गोल गरेर खेललाई २—१ मा पु¥याएका थिए । कप्तान मिलन राईको क्रसमा सुदीपले हेडमार्फत गोल गरेका थिए ।  दोस्रो हाफको ३९औँ मिनेटमा रूपन्देहीका लागि दीपक राईले तेस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए । उनी रूपेश केसीको क्रसमा सुन्दर गोल गर्न सफल भए । एपिएफका प्रशिक्षक रत्नकाजी मर्हजनले अञ्जन विष्ट, आदित्य चौधरी, शिवरामजस्ता खेलाडी घाइते हुनु नै टोलीको पराजयको कारण भएको बताए । ‘विपक्षीको तुलनामा आफ्ना खेलाडीले पटकपटक पाएका अवसरलाई सदुपयोग गर्न सकेनन्’ मर्हजनले भने– ‘४ मिनेटमा २ गोल खाएपछि सबै खेलाडीको आत्मबल घट्यो ।’
रूपन्देहीका प्रशिक्षक दयाराम सापकोटाले आफ्नो टिमले अपेक्षाअनुसार स्कोरिङ गर्न नसकेको प्रतिक्रिया दिए । शुक्रबार गत वर्षको डिफेन्डिङ च्यम्पियन रमपम झापा ११ र सुदूरपश्चिम ११ बीच खेल हुने आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर अध्यक्ष मीनबहादुर बस्नेतले बताए ।

प्रकाशित: ८ मंसिर २०७४ ०४:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App