coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

जहाँ एउटै वडाले चुन्दै छ सांसद

तपाईंलाई थाहा छ, काठमाडौंबाट प्रदेशसभा सांसद बन्न कतिवटा वडावासीको भोट पाउनुपर्छ ? भन्नुहोला, कम्तीमा महानगरका र अर्को नगरपालिकाका दुई/चार वडाको। 

त्यस्तो सोच्दै हुनुहुन्छ भने तपाईं गलत हुनुहुन्छ । उपत्यकामा एउटा यस्तो प्रदेश क्षेत्र पनि छ, जहाँबाट सांसद बन्नलाई एउटै वडाको भोट निर्णायक हुनेछ । त्यस क्षेत्रबाट सांसद बन्न त्यहाँका उम्मेदवारले त्यही वडाको वडाध्यक्ष बन्नझैँ प्रतिस्पर्धा गर्नुपर्नेछ। 

‘एउटै वडाले प्रदेशसभाको सांसद नै चुन्न पाउनु गौरवको विषय हो, अन्य ठाउँमा तीनभन्दा धेरै वडाले मात्रै प्रदेशसभा सांसद पाएका छन्, त्यसैले प्रदेश सांसदले यो क्षेत्रको बृहत्तर विकास अघि बढाउने मौका पाएका छन् ।’

भूगोल र जनसंख्या अनुपातका आधारमा प्रदेशसभा क्षेत्र तोक्दा काठमाडौं महनगरपालिकाको वडा– ३१ एउटा प्रदेश क्षेत्रमा परेकाले त्यहाँबाट सांसद बन्नु भनेको वडाध्यक्ष बन्नु जत्तिकै भएको हो । ३२ वटा वडा रहेको कामनपाका अन्य वडा भने प्रतिनिधि र प्रदेशसभाका अन्य क्षेत्रमा बाँडिएका छन् । तर, प्रदेशसभा क्षेत्र– १ (ख) मा वडा नम्बर– ३१ मात्र पर्न गएको छ । 
यो वडामा २३ हजार मतदाता छन् । यहाँ बानेश्वर, शान्तिनगर, शंखमूल, भीमसेनगोला, देवकोटा मार्गलगायत घना बस्ती भएका क्षेत्र पर्छन् । यस क्षेत्रमा काठमाडौंका सचेत मतदाता धेरै बसोबास गर्ने बताइन्छ। 

यही मंसिर ३१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका क्रममा यो वडाले एउटा प्रदेशसभा सदस्य पाउनेछ । शान्तिनगरका मतदाता उपेन्द्र खड्का आफ्नो वडा भाग्यमानी भएको बताउँछन् । ‘एउटै वडाले प्रदेशसभाको सांसद नै चुन्न पाउनु गौरवको विषय हो,’ उनले भने, ‘अन्य ठाउँमा तीनभन्दा धेरै वडाले मात्रै प्रदेशसभा सांसद पाएका छन्, त्यसैले प्रदेश सांसदले यो क्षेत्रको बृहत्तर विकास अघि बढाउने मौका पाएका छन्।’

काठमाडौं महानगरपालिकाका वडा– ३१ का वडाध्यक्ष नारायण भण्डारी काठमाडौंको प्रदेशसभा– १ (ख) एउटै वडाले बन्नु गौरवको विषय भएको बताउँछन् । ‘एउटै वडा प्रदेश क्षेत्र बनेको छ,’ उनले भने, ‘सम्भवतः देशभरमा यो मात्र एउटै वडाले बनेको प्रदेशसभा क्षेत्र होला ।’ उनका अनुसार अब वडा कार्यालयले प्रदेशका नवनिर्वाचित सांसदसँग मिलेर नै विकास निर्माण र जनताको आकांक्षा पूरा गर्नेछ। 

गत वैशाखको स्थानीय तह निर्वाचनमा भण्डारी नेकपा एमालेका तर्फबाट विजयी भएका हुन् । ‘वडाध्यक्षले भन्दा कम भोटले प्रदेश सांसद विजय हुने देखिन्छ,’ उनले भने, ‘वडाध्यक्ष र प्रदेश सांसदको भूमिका छुट्टाछुट्टै हुने गर्छ, त्यसैले भावी प्रदेश सांसदसँग हातेमालो गरेर नै अघि बढ्नेछौँ ।’

प्रकाशित: ८ मंसिर २०७४ ०५:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App