coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

विन्ध्यवासिनीमा प्रधानमन्त्रीको पूजा

पोखराको विन्ध्यवासिनी मन्दिरमा शुक्रबार बिहान पुजा गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिरः नागरिक

पोखरा - अचानक पोखरा आएका प्रधानमन्त्री शेरबहादुर देउवालाई यहाँका उच्च सुरक्षा अधिकारीले निर्वाचन गतिविधि शान्तिपूर्ण रुपमा अघि बढिरहेको भन्दै ‘ब्रिफिङ’ गरेका छन् । शुक्रबार बिहान पोखराको विन्ध्यवासिनीमा पूजा गरेर फर्केपछि प्रधानमन्त्री देउवाले सुरक्षा निकायसँग निर्वाचन सुरक्षा अवस्थाबारे सोधेका थिए । 
शुक्रबार बिहान राजधानी फर्किनुअघि पश्चिमाञ्चल क्षेत्रीय र प्रदेश–४ का प्रशासनिक तथा सुरक्षा प्रमुखसँग प्रधानमन्त्रीले विमानस्थलमा छलफल गरेका थिए । पहिलो चरणमा निर्वाचन हुने प्रदेश–४ भित्रका ६ वटा जिल्लाको सुरक्षा अवस्थाबारे प्रधानमन्त्री देउवाले सुरक्षा प्रमुखसँग सोधेका थिए । 
प्रधानमन्त्री देउवाको जिज्ञासामा सुरक्षा निकायले पहिलो र दोश्रो चरणमा निर्वाचन हुने सबै जिल्लाको सुरक्षा व्यवस्था भरपर्दो रुपमा मिलाएको भन्दै विश्वस्त पारेका थिए । ‘प्रधानमन्त्री देउवाले निर्वाचन हुने जिल्लाको सुरक्षा अवस्थाबारे सोध्नुभएको थियो,’ पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले प्रधानमन्त्रीसँगको छलफलबारे जानकारी दिँदै सञ्चारकर्मीसँग भने, ‘सुरक्षा निकायले प्रधानमन्त्रीलाई निर्वाचन सुरक्षाबारे बताएपछि विश्वस्त भएर जानुभएको छ । हाम्रो जवाफ सुनेपछि प्रधानमन्त्री देउवा ढुक्क भएर राजधानी फर्किनुभयो ।’ 
निश्पक्ष, शान्तिपर्ण र भयरहित निर्वाचन गराउन सबै सुरक्षा निकाय सक्षम रहेको भन्दै आफुहरुले जानकारी गराएको प्रशासक अर्यालले बताए । प्रधानमन्त्रीसँगको छोटो छलफलमा सहभागि एक सुरक्षा अधिकृतले पहिलो चरणको निर्वाचन हुने जिल्लामा के कस्तो चुनौती रहेको र ती चुनौतीसँग सामाना गर्न सक्ने गरि तयारी के कस्तो छ भनेर सोधेका थिए । ‘सुरक्षा निकायको जवाफले प्रधामन्त्री सन्तुष्ट भएका छन,’ ती अधिकृतले भने ।
प्रधानमन्त्री देउवा शुक्रबार बिहान विन्ध्यवासिनी मन्दिरको दर्शन गर्न गएका थिए । प्रधानमन्त्रीले त्यहाँ पूजाआजा पनि गरेका थिए । 

 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App