८ वैशाख २०८१ शनिबार
अन्य

दलन

अप्सरा तिम्सिना

यो त्यही चौबाटो हो । यो सहरको चल्तापूर्जा चौबाटो । यस चौबाटोले चारवटा मुख्य बाटाहरुलाई दिशानिर्देश गरेको  छ। पूर्व, पश्चिम, दक्षिण र उत्तर सबैतिरको भेट एकै थलोमा हुन्छ र नेपालका सीमानासम्म पुगेका छन् यी बाटाहरु । यही चौबाटोको मुख्य पोल जसमा तीन क्विन्टल जति तारहरु गुजुल्टिएका छन् । विद्युत, टेलिफोन, केवल, आदिका गरेर। जसमा भर्खरै प्रेन्सिपलको आदेश अनुसार टेलिफोनको पोलको प्वाइन्ट चेकजाँचका लागि बाबुदाइ चढेका छन् पोलमा। 

झलक्क हेर्दा गधे पच्चिसे देखिने सोधपुछमा पँैतिस ननाघेको पातलो गोलो अनुहारमा जुङ्गा र भुल्के दारी भएको ठिटो। बोलिमा मिठासपन , बठ्याइ पनि त्यतिकै थियो नहोस् पनि किन ? यस कलेजमा बौद्धिक वर्गको सङ्गत गरेको पनि झन्डै २२ वर्ष भएछ । उसलाई नआउने पनि केही थिएन । कलेजमा घन्टी बजाउने, कुरुवा बस्ने, सामान खरिद गर्ने , विदुतिय समस्या सामाधान गर्ने, सरसफाइ गर्ने, फूलको स्याहारमा रमाउने, कुकको जिम्मेवारी बहन गर्ने आहा मल्टि ट्यालेन्ट थिए उनी । सबैले बाबुदाइ भनेर बोलाउँदा आफूलाई बहुत सम्मानित भएको महसुस गर्थे । 

जब बाबुदाइ चढ्दै गए  । उद्धेलित भएर सुसेल्दै गए । सपनाको सोपानहरु । जब ऊ नजिक पुगे घनघोर जङ््गलमा तारहरुको । सानो भँगेरा र भेँगेरी भुरर्र उडे । उनी झस्किए । बिस्तारै टेलिफोनको प्वाइन्टको खोजिमा लागे । तारहरुको  सानो गुफा र गुफाभित्र भँगेराका सुन्दर अन्डा देखे । टोलाएर अन्डालाई हेरे । हातमा लिए । कल्पिए । यो अन्डाभित्र संसार हेर्न सक्ने जीव छन् त ? पक्कै छन् । ती अन्डा खेलाउँदै उनलाई चरम आनन्दको वर्षात् भयो । आफ्नो श्रीमतीको गोलिएर बढेको गर्भभित्रका सुन्दर बच्चा सम्झिए । जुन आनन्द उसलाई आफ्नो श्रीमतीको फुलेको पेटको स्पर्शमा मिल्ने गरेको थियो । ऊ हरेक पटक श्रीमतीको फूलेको पेटलाई सुम्सुमाउँदै म्वाईँ खान्थ्यो र आफूलाई संसारकै भाग्यमानी बन्दै गरेको बाबु महसुस गथ्र्यो । पुलुक्क भालेपोथी भँगेरालाई हे¥यो र भन्यो– तिमीहरु पनि म जस्तै भाग्यमानी,हामी दुबैको अवस्था एउटै । मुसुक्क मु्स्कुरायो । केही लजायो । 

उता भालेपोथी चिच्याइ चिच्याइ बाबुदाइलाई गाली गर्दै थिए । चिरर्बिर चिरर्बिर गरेर । भँगेरीको मातृत्व चुहेर ऊ भिज्यो । गडेर हे¥यो । नडराउन म केही गर्दिनँ तिम्रो सन्तानलाई । भँगेराले उसको मनको भाव बुझेछ क्यारे।  एकचोटी भँगेरीलाई के आँखा झिम्क्याएको थियो।  पोथी पनि चुप लागि हाली  । दुबै आफन्त जसरी नै बाबुदाइलाई हेरेर बसे । उनीहरुबीच मौन संवाद हुन थाल्यो। 

उसले केहीबेर आकाशलाई हेर्‍यो र आफू त्यही आकाश नजिक पुगेको महसुस ग¥यो । निलो आकाशमा बादलका सेता फूलहरु मुस्कुराइ रहेका थिए । अलिकति उचाइ बढाउन पाए म पनि त्यही फूल टिपेर ल्याउथँे र सजाउथेँ आफ्नो सानो संसारलाई । जहाँ आकाश जतिकै सुन्दर देखियोस् मेरा सपनाहरु पनि । तर उसका चाहनाका सपनाहरु यति उचाइमा कहिल्यै  पुगेका थिएनन्।

जेलिएको गुजुल्टोबाट बल्लबल्ल भेटायो उसले टेलिफोनको तारा  । जसमा कामै नलाग्ने गरी जलेका थिए तारको भित्रि भाग । उसले फेरी आफ्नो सोचाइको आयतनलाई अलि बढायो पुग्यो – बाबु बित्दाको दिनमा । आमाले भोगेका पीडा, आफूले पढ्न नपाएको ती दिन, भनेको जस्तो र रोजेको जस्तो खान लाउन नपाएको दिन । जति परिश्रम गरेपनि साहुले पैसा नदिएको क्षण त्यसैले पनि ऊ निस्किएको थियो गाउँ छोडेर असिमित सपनाको चाङलाई सिमित कुराहरुले जसरी पनि पुरा गर्छु भनेर । हत्तेरी यसरी नै चुडिएको थियो मेरो जिन्दगीको तार त्यतिबेला । त्यसैले मलाई ओरालो लायो व्यक्तित्वमा म कुन प्राध्यापक भन्दा कम छु र ? 

ऊ वेस्सरी कस्न थाल्यो तारलाई 

एकपटकमा सकेन 

दुइपटकमा पनि सकेन 

तीन पटकमा उसले जसरी पनि तारलाई जोडी छोड्यो । अनि फेरी मनले सम्झन पुग्यो– उफ ¤ त्यतिबेलै मेरो यो जिन्दगीको तार यसरी कस्न पाएको भए म पनि यस्तै उचाइमा पुग्थे होला । टेलिफोन त बन्यो तर बनाउन नसकेको आफ्नो जिन्दगी देखेर दिक्क मान्यो। 

जति नै पारखी बनेर आफ्ना कर्तव्यहरु पूरा गरे पनि बुजु्रकहरुबाट कहिल्यै जस नपाएकोमा सुस्केरा हाल्दै झन टाउको ठाडो पारेर आकाश नियाल्न थाले । यतिकैमा बेगले चिबेहरु आएँ । ती राक्षसी सत्रुलाई देखेपछि भालेपोथी आत्तिइ आत्तिइ कराउन थाले । आवाजमा रोदन र क्रन्दन दुबै मिसिएको बाबुले राम्ररी बुझ्यो । चिबेको क्रुर हेराइ र आक्रमणप्रति बाबुलाई शङ्का लाग्यो । तिनीहरु मोटो रकम लिएर अवैद्ध रुपमा गर्भपतन गर्ने डाक्टरहरु जस्तै क्रुर देखिन्थे । उता भँगेराका भालेपोथी भागेर टाढाको तेस्रो तारमा बसेर गुहार गुहार हाम्रो सन्तान बचाइदिनोस् भन्दै बाबु दाइसँग पुकार गरिरहेका थिए । बाबु दाईले हातको लम्किझम्किले ती चिबेलाई भगाउन कोशिस गरे ।तर केही पर सरेपनि गुडको नजिक आइ हाल्थे । बाबुदाईले आवाज सहित लम्किझम्कि गरेर देखाए ।अब चिबे आँखाले देख्न सक्ने ठाउँमा कतै थिएनन् । भालेपोथी नजिक आएर लामोलामो स्वास फेर्दै बिलौना र त्रासदीपूर्ण अवस्थाको वर्णन गर्न थाले । धेरै पटक बाबुदाईलाई  धन्यवाद भने। 

एकदुइ खुड्किला ओर्लिदै गर्दा उसको नजर भूइँतिर खस्यो । एकै ठाउँमा ठूलाठूला मालवाहक गाडीदेखि लिएर बस, ट्रक ,ट्याक्टर, कार, टिफर, सुमो, बाइक, स्कुटर, साइकल, ठेला, रिक्सा, अटोरिक्सा, मान्छे आम्मामामा के के हो के के ? तिहारमा थरिथरिका बत्ति बालेर गरिएको दिपावली सहर जस्तो पो लाग्यो । हेर्दा हेदै बाटो काट्न अलमल्ल परेका बाआमालाई ट्रकको ड्राइभरले मुन्टो निकालेर अश्लिल गाली गरेको सुन्यो– मर्न मन छ कि क्या हो ? बाँकी रहेको मिति पनि पु¥ायइदिऊँ ? साला ....बूढाबूढी । उता बसले पेलेर बाइकलाई बाटै नदिएको, पिच छोडेर भागेको पनि देखे। त्यहि बाइकले छोटोछोटो कपाल गरेकी अनुहार हेल्मेट छोपेकी स्कुटरकी नानीलाई लखेटेर अघि र पछि गरेको पनि देखे । कारलाई सुमोले पेलेको ठेलावालाले आँखा घरमै राखेर आको ? भनेको पनि सुने। 

सबैलाई फराकिलो ठाउँ छोडेर एकवित्ता स्पेश लिएर ढलको छेउ छेउ ठूला गाडीको सम्राज्यमा आफूलाई सीमांतकृत वर्ग ठानेको साइकलाई आगाडिबाट जीप र पछाडिबाट बाइकले च्याप्दा ढलमा खसेको पनि देख्यो । यस्तो दृश्यले बाबुलाई कलेजको म्यामको स्मरण गरायो– २० किमि दैनिक हाइवेमा यात्रा गर्ने व्यक्तिलाई स्कुटर ५०० मिटर पछाडी देख्ने वित्तिकै ग्याँस छोड्न थाल्छन् बस ट्रक टेम्पु बाइक सबैले । एक डेड किमी अगाडि बढ्दा सम्म ग्याँस फािलरहन्छन् बाटोमा । दोब्बर गाडी छन् भने स्कुटर देखेपछि गोमनले फँडा फिजाए झैँ तेब्बर हुन आउँछन् । २० किमीको यात्रामा ४० पटक भन्दा बढी पिँच छाडेर भाग्नु पर्छ । त्यो अवस्था भोग्नु पर्दा यस्तो लाग्छ कि अफिसमा माथिल्लो तहका कर्मचारीले तल्लोतहका कर्मचारी त्यसमा पनि महिलाले भोग्नु पर्ने पीडा सडकमा पनि हामीले नै भोग्नु पर्छ । अनि फेरि सम्झियो गोपाल सरलाई– स्कुटर चलाउन हर प्रयास गर्दा पनि नसकेपछि साइकललाई नै सर्वोपरी मान्दै आएका । सर घरबाट विद्यालय पुग्नेबेलासम्म सडकका साधनलाई बाटो छोड्दा छोड्दै बिचमा गाडी आएमा आफू ओर्लेर साइकल डो¥याएर सधैँ घन्टी लागि सकेपछि ए गेट खोल गेट खोल भन्र्दै टिनिनिनिनि घन्टी बजाएको र हेडसरको गाली खाएको घटना ।  

अनि फेरि सम्झियो आफू कार्यालय सहायक भएको कुरा । जीवनमा हिँड्न बिर्सिएर सधैँ दौडिएँ । तीन जनाले गर्ने काम एक्लै भ्याएँ । पारिश्रमिक सधैँ  एक जनाको हात थाप्नु पर्छ ।  

ऊ रनभुल्ल भएर तन्द्रा ग्रस्त हुन पुगेछ । अचानक अघिका भालेपोथी आत्तिएर बाबुको टाउकोमा रुदै कराउँदै ठोकिन आइपुगेँ । उसको तन्द्रा भङ्ग भयो । झल्याँस्स विउझेर हेर्दा त चिवेले अन्डा लिएर पर बसी भालेपोथीलाई देखाइदेखाइ खाँदै रहेछन् । बाबुको लम्कीझम्कीले ती उडेर गए भालेपोथी भने तप्पतप्प आँसु झार्दै बाबुसँग बिलौन गर्न थाले । बाबुले आफ्नी श्रीमतीको पेटको बच्चालाई पनि संरक्षण दिएर गर्भे आयु पुरा गरि जन्माउन नसकिने पो हो कि ? आतियो । ऊ भँगेराको ख्यालै नगरि हतारहतार घरतिर लाग्यो । बाटोमा ऊ सोच्दै थियो । संसारमा हरेक प्राणी बनस्पती पदार्थ सबैको अन्त्य हुन्छ सुरुवातसँगै अन्त्य पनि एउटै रसिमा जोडिएका हुन्छन् तर किन ? ठूलालाले सानोलाई हेप्ने थोचिमिचो गर्ने परम्पराको अन्त्य नभएको होला । यस्ता ज्यादतीका अन्त्यको निम्ती कति समय कुर्ने हद र सिमाङ्कन गन्तव्य छ त ? अनुत्तरित प्रश्नका साथमा ऊ दौडिरह्यो । 

–हेटौंडा

प्रकाशित: ९ मंसिर २०७४ ०३:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App