७ वैशाख २०८१ शुक्रबार
कला

‘मेन्टल रेडियो’लाई सर्वाधिक मनोनयन

काठमाडौं- संगीतमा लागेका व्यक्ति तथा समूहलाई हौसला प्रदान गर्ने उद्देश्यसहित वर्षेनी आयोजना हुँदै आएको २१ औं संस्करणको ‘हिट्स एफएम म्युजिक अवार्डस् २०७४’मा ‘मेन्टल रेडियो’ सांगीतिक समूह सर्वाधिक ६ विधाको मनोनयनमा परेको छ । हिट्स नेपालले आयोजना गर्न लागेको अवार्डको शनिबार सार्वजनिक मनोनयनमा यो समूह नव प्रतिभासहित पप रक संगीत सिर्जना, समूह गायन, रक गायन, गीति संग्रह र गीत गरी ६ विधामा मनोनित भएको हो ।
२०७३ साल वैशाख १ देखि २०७३ साल चैत्र मसान्तसम्ममा एफएममा दर्ता भएका गीत संगीतमध्येबाट सार्वजनिक गरिएको मनोनयनमा गायक शिव परियार ५ विधामा मनोनयनमा परेका छन् । गायक परियार एकल गायन पुरुष, पुरुष गायन पप, युगल गायन, संगीत सिर्जना र गीत गरि ५ विधाको मनोनयनमा परेका हुन् ।  गायिका अन्जु पन्त एकल गायन महिला, महिला गायन पप र युगल गायन गरि ४ विधाको  मनोनयनमा अटाएकी छिन् ।
त्यस्तै गायिका बर्तिका एम राई नव प्रतिभा, महिला गायन पप, रचना र गीति संग्रह,  दीपक बज्राचार्यको पुरुष गायन पप, पप रक संगीत सिर्जना, संगीत संयोजन र गीत,  गायक हेमन्त राना पुरुष गायन पप, पप रक संगीत सिर्जना, संगीत संयोजन र गीत, गायक कर्ण दास युगल गायन, संगीत सिर्जना र एकल गायन पुरुष तथा गायक राजेशपायल राई युगल गायन, गीति संग्रह र एकल गायन पुरुष विधाको मनोनयनमा छन् ।
मनोनयनमा रचनातर्फ बर्तिका एम राई, वीरेन्द्र पाठक, एकनारायण भण्डारी, राजेन्द्र थापा र श्वेता मैनाली, संगीत सिर्जनातर्फ आशिष अविरल, हरि लम्साल, कर्ण दास र शिव परियार, संगीत संयोजनतर्फ आशिष अविरल, विपुल छेत्री, दीपक बज्राचार्य र रिदम ब्यान्ड, रिकेश गुरुङ र महाराज थापा, एकल गायन महिलातर्फ अन्जु पन्त, बानिका प्रधान, जोनिशा पौडेल, मेलिना राई, मिलन अमात्य र पुरुषतर्पm अजर जंगम, कर्ण दास, राजेशपायल राई, सत्यराज आचार्य र शिव परियार छन् ।
यसैगरि १९७४ एडी समूह गायन, रक गायन र गीति संग्रह तथा नेपथ्य समूह गायन र रक गायन, चलचित्र संगीततर्पm दीपक शर्मा, कालीप्रसाद बास्कोटा, राजनराज सिवाकोटी र ताराप्रकाश लिम्बू, लोक गीततर्फ अन्जु लामा र मिलन लामा, विरही कार्की, विष्णु माझी र विनोद बाजुराली, दीपक शर्मा, सरगम शाह जोशी र गोकुल राउत मनोनयनमा छन् ।
सांगीतिक समूह साउण्ड विंग्स् नव प्रतिभा र रक गायन, पहेंलो बत्ती मुनि नव प्रतिभा र समूह गायन, सत्याकृत समूह गायन र पप रक संगीत सिर्जनाको विधामा मनोनयनमा भएका छन् । आयोजकका अनुसार एक लाइफटाइम अचिभमेन्ट अवार्डसहित १७ विधामा अवार्ड दिइनेछ ।

प्रकाशित: १० मंसिर २०७४ ०६:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App