४ वैशाख २०८१ मंगलबार
राजनीति

पहिलो चरणमा ६५ प्रतिशत मतदान (भिडियो)

अायोगमा अायोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन अायुक्त अयोधीप्रसाद यादब। तस्विरः प्रबीन कोइराला

काठमाडौं- आइतबार भएको पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ६५ प्रतिशत मतदान भएको छ। सबैभन्दा बढी रसुवा जिल्लामा ८१ प्रतिशत मतदान भएको छ।

'अहिलेसम्म प्राप्त विवरण अनुसार ६५ प्रतिशत मतदान भएको छ', निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने, 'यो प्रारम्भिक परिणाम हो। खसेको मत प्रतिशत आँकडा अझ बढ्न सक्छ।'

आइतबार साँझ आयोगले सार्वजनिक गरेको मत प्रतिशत स्थानीय निर्वाचनभन्दा थोरै हो। स्थानीय निर्वाचनमा ७४ प्रतिशत मतदान भएको थियो। पहिलो चरणमा मतदान भएका जिल्लाहरु पहाडी र हिमाली हुन्।

अायोगले साँझ ६ बजे बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मतदान भएको जनाएको थियो। त्यसको केहीबेरपछि रसुवा जिल्ला निर्वाचन कार्यालयले जिल्लामा ८१ प्रतिशतभन्दा बढी मतदान भएको सार्वजनिक गरेको छ। आइतबार ३२ जिल्लामा पहिलो चरणको निर्वाचन भएको हो।

आइतबार साँझ आयोगले सार्वजनिक गरेको मत प्रतिशत स्थानीय निर्वाचनभन्दा थोरै हो। स्थानीय निर्वाचनमा ७४ प्रतिशत मतदान भएको थियो। पहिलो चरणमा मतदान भएका जिल्लाहरु पहाडी र हिमाली हुन्। 'प्राकृतिक कारणले गर्दा पनि कम मत खसेको हुनसक्छ', प्रमुख आयुक्त यादबले भने, 'मौसमी प्रतिकूलताका कारण मतदान प्रतिशत घटेको हुनसक्छ।'

आइतबार ३२ जिल्लाका प्रतिनिधि सभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभाका ७४ क्षेत्रमा निर्वाचन भएको हो। आइतबार ४ हजार ४६४ केन्द्रमा मतदान भएको थियो। ती मध्ये दुई मतदान केन्द्रमा मतपत्र जलाइएका कारण पुन: मतदान हुने आयोगले जानकारी दिएको छ। रुकुम पश्चिमको बाफिकोट-५ स्थित रत्न मावि क मतदान केन्द्र र सोही जिल्लाको आठबीसकोट-११ स्थित राष्ट्रिय मावि गत्तसा ख मतदान केन्द्रमा मतपेटिका आगलागी भएका कारण पुनः मतदान हुने भएको हो।

भिडियो : प्रबीन कोइराला

प्रकाशित: १० मंसिर २०७४ १३:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App