८ वैशाख २०८१ शनिबार
प्रवास

यूरोपबाट मैनालीको बिझाउँने काँडा सार्वजनिक

बार्सिलोना-स्पेन निवासी नयाँ गायक सुरज मैनालीले आफ्नो नयाँ गीत “बिझाउने काँडा” को भिडियो सार्बंजनिक गरेका छन्। अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) स्पेनको प्रस्तुतिको रुपमा गायक मैनालीको भिडियो सार्बजनिक भएको हो।

मैनालीको बियोगान्त गीतको भिडियोलाई सन्जय बिक्रम शाहले निर्देशन र बिकास राईले सम्पादन गरेका छन्। प्रबिण प्रसाईको संगीत  र रोजी लाबुङ् राईको रचनामा रहेको गीत लोकप्रिय हुनेमा गायक मैनाली आशाबादी छन्। भिडियोमा स्थानीय कलाकारहरु सुरज मैनाली,सुस्मिता कडेल,भोला लामिछाने,अर्जुन शर्मा,कबिता भट्टराई,स्तुति कटवाल लगायतले अभियन गरेका छन्।

गायक मैनालीले प्रबासमा रहेर गीत रेकर्ड गर्दै भिडियो निकाल्न निकै कठिन हुने बताए। उनले भने,'हामी सबैको मेहनतले भिडियो तयार गरेका छौ,आशा छ सबैको मन जित्ने छ।'

भिडियाे

प्रकाशित: २० श्रावण २०७३ १४:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App