१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

स्मरणीय दिन

नोभेम्बर २३, १९२६ का दिन पुट्टपर्तीमा जन्मेका सत्यनारायण राजुको जन्मोत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाउने क्रम अझै जारी छ । उनी जन्मनुभन्दा अगाडिदेखि नै घरमा भएका संगीतका औजार आफैँ बजेका र जन्मनेबित्तिकै पनि उनलाई जुन कपडामा गुट्मुटाएर राखिएको थियो त्यो ठाउँमा गोमन सर्पले तलबाट उचालेर बच्चालाई माथि तल गरेर नचाएको थियो भनिन्छ ।
यसरी जन्मँदैदेखि चर्चामा रहेका उनको बानी ठूलो भएपछि पनि अनौठो नै देखिन थालेको थियो । खान नपाएका दुःखीलाई आफ्नो घरमा ल्याउने, हात घुमाएर खानेकुरा निकाल्ने, मान्यजनलाई आध्यात्मिकताको पाठ पढाउने जस्ता कुराले उनी चर्चित हुँदै गए । कुनै बेला त उनको शरीर मृत जस्तो देखिनाले आमा÷बाबु चिन्तित हुन्थे रे । अनि यस्तो नहोस् भनेर धामीको सल्लाहअनुसार सत्यको तालु खुइल्याएर त्यहाँ खुर्सानी र अमिलो पनि हालिएको थियो भूत भगाउने नाममा ।
यसै क्रममा अक्टुबर २०, १९४० मा उनले आफूलाई सिरडी साई बाबाको अवतार भएको घोषणा गरे । त्यसपछि भने उनलाई सत्य साइ बाबाको नामले चिन्न थालियो । उनले आफू यस्तो अवतार भएको प्रमाणस्वरूप विभिन्न लीला र चमत्कार गरेका थिए । उनी भन्थे कि मेरो देवत्व बुझ्न अरुको कुरा नसुन, तिमी आफैँ मलाई परीक्षण गर अनि अनुभव गर, योमात्र मलाई जान्ने तरिका हो । अरुको विश्वासमा भर नपर । आफँै त्यो विश्वास आर्जन गर ।
म यहाँ कुनै पनि नयाँ धर्म स्थापना गर्न आएको हैन, म त क्रिश्चियनलाई एउटा असल क्रिश्चियन, इस्लामलाई राम्रो इस्लाम, हिन्दुलाई असल हिन्दु बनाउन आएको हुँ । सबै धर्मलाई इज्जत गर । सबैको बाटो भगवानसँग पुग्ने नै हो भन्थे उनी । सत्यको सबैभन्दा महŒवपूर्ण शिक्षाको सार पाँचवटा मानव मूल्यमा छ– सत्य, धर्म, शान्ति, प्रेम र अहिंसा । यसैका आधारमा उनका सबैभन्दा प्रमुख दुईवटा नारा सबैलाई प्रेम गर, सबैको सेवा गर र सधैँ सहयोग गर, कहिल्यै चोट नपु¥याऊ भन्ने चर्चित छन् ।
सत्यको जीवन समाजसेवामा बितेको छ । यो उनको मानव जातिलाई सिकाउने तरिका हो किनकि उनी भन्छन्– मेरो जीवन नै मेरो सन्देश हो । उनले सुपर स्पेस्यालिटी हस्पिटल निर्माण गरे । यो अस्पतालमा बिनाशुल्क सबै रोगको राम्रो उपचार गरिन्छ । स्कुल, कलेज, विश्वविद्यालय, अस्पताल पानीको व्यवस्था गर्नुका साथै बाल विकास तथा दुःखी बालबालिकाका लागि पनि सहयोगका कार्यक्रम सञ्चालन गरे ।
सत्य साइले जहिले पनि एउटै धर्मको चर्चा गरे, त्यो हो– प्रेमको धर्म जसले गर्दा पुट्टपर्ती विभिन्न धर्मको तीर्थस्थल बनेर अनेकतामा एकता कायम गरिरहेको छ । सत्य साइका विभिन्न अवतार छन् । जसमध्ये पहिलो सिरडी साइ, दोस्रो सत्य साइ र तेस्रो प्रेम साइको घोषणा सत्य स्वयंले गरेका छन् । पहिलो अवतारले कर्तव्य नै कर्म हो भनेर सांसारिक एकीकरणको जग बसाले । दोस्रो अवतारले एउटै देवत्व सबै व्यक्तिभित्र बास गर्छन् भन्ने बोध गराए । सबैले जातिपाति, लिङ्ग भेद नगरीकन प्रेमलाई अंगालेर एकअर्कालाई सहयोग गर्ने परिपाटी बसाए जसले गर्दा कर्म पूजा बन्यो । तेस्रो अवतारले भगवान् सबैमा बास गर्नेमात्र नभएर सबै मानव भगवान् हुन् भन्ने सत्य बोध गराउने छन् । यी तीन अवतारले कर्म, पूजा र ज्ञानका तीन सन्देश दिएका छन् ।
सत्य साइले एप्रिल २४, २०११ का दिन देह त्याग गरे । सर्वव्यापी शिक्षा मानव मूल्य, जस्तो– सत्य, धर्म, शान्ति, प्रेम र अहिंसालाई मानवले आफ्नो जीवनमा अनुशरण गरेर आफूलाई चिन्न सकून् भन्ने सत्य साइको चाहना छ ।

प्रकाशित: ११ मंसिर २०७४ ०३:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App