८ वैशाख २०८१ शनिबार
राजनीति

सिटौलाको घरमा बम विस्फोट

झापा- नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाको झापा सदरमुकामस्थित घरमा मंगलबार बिहान बम विष्फोट भएको छ । बिहान पौने १ बजे सिटौलाको चन्द्रगढीस्तिथ निवासमा बिप्लव समूहले बिस्फोट गराएको हो ।
चुनाव प्रचारका क्रममा रहेका नेता सिटौला राती १२ बजेर ५ मिनेटमा भद्रपुर १० को निवास पुगेका थिए । त्यस्को ४० मिनेट पछि उनको घरको पछिल्लो भागमा सुतली बम विस्फोट भएको थियो । झापा जिल्ला प्रहरी प्रमुख एसपी विष्णुकुमार केसीका अनुसार विष्फोटबाट कम्पाउण्ड वालमा क्षति पुगेको छ ।
घटनामा सम्लग्न रहेको आशन्कामा प्रहरीले विर्तामोड ४ का राजेश कार्कीलाई नियन्त्रणमा लिएको छ। सिटौलाको घर सुरक्षाका लागि प्रहरी टोलि नै खटिएको थियो । तर, प्रहरी उपस्थितीकै बेला पनि विष्फोट भएको छ ।

प्रकाशित: १२ मंसिर २०७४ ०६:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App