८ वैशाख २०८१ शनिबार
कला

मानुषीलाई आमिर खानसँग फिल्म खेल्ने इच्छा

नयाँ दिल्ली– मिस वर्ल्ड २०१७ को ताज पहिरिएकी भारतीय सुन्दरी मानुषी छिल्लरले आमिर खानसँग फिल्म खेल्ने चाहना व्यक्त गरेकी छन् ।
पूर्व मिस वल्र्ड प्रिंयका चोपडा र अमिर खान छिल्लरका बलिउड क्षेत्रका मन पर्ने कलाकार भएको उनले बताइन् । मिस वल्र्डको ताज पहिरिने समयमै आफु बलिउडमा स्थापित हुन चाहेको छिल्लरले बताइन् ।
यसअघि उनीबाहेक भारतीय सुन्दरीहरू रीता फारिया,ऐश्वर्य राय, डायना हेडन, युक्ता मुखी र प्रिंयका चोपडा विश्व सुन्दरी बनिसकेका छन् । यी भारतीय सुन्दरीहरुमध्ये ऐश्वर्या र प्रिंयका नायिकाहरुको प्रेरणाको स्रोत बनेका छन् ।
१७ वर्ष अगाडि बलिउड नायिका प्रिंयका चोपडाले मिस वल्र्डको उपाधि जितेपछि अरु कुनै पनि भारतीय सुन्दरी मिस वल्र्डको ताज जित्न सफल भएका थिएनन् । यस प्रतियोगितामा उक्त ताजको अतिरिक्त विजेताले नगद नै करिब १० करोड पाउँछन् ।
उनले अमिर खानसँग बलिउडमा पाइला चाल्ने बताए पनि खेल्ने नखेल्ने प्रतिक्षाको विषय बनेको छ । अमिर खानका फिल्महरुले सामाजिक यथार्थमा आधारित् हुने भएकाले आफूलाई उनीसँग काम गर्न तीव्र इच्छा भएको मानुषीको दाबी छ ।

 

प्रकाशित: १२ मंसिर २०७४ ०७:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App