७ वैशाख २०८१ शुक्रबार
कला

राजेशपायललाई मिलाप सम्मान

काठमाडौं – केही समयअघि अमेरिकामा सम्मानित भएका गायक राजेशपायल राईलाई आइतबार राजधानीमा पनि सम्मान गरिएको छ । मिलाप पत्रिका र मिलाप न्युज डटकमले राजेशपायललाई ‘मिलाप सम्मान’बाट सम्मानित गरेको हो। 

राजेशपायलले नेपाल आएर पनि सम्मान पाउँदा खुशी व्यक्त गरे । मिलापका सम्पादक कृष्ण भुषालले एक नेपाली कलाकारले अन्तर्राष्ट्रिय सम्मान र उपाधि पाएर पनि राज्यले वास्ता नगरेपछि आफूहरुले सम्मान गरेको बताए।

राजेशपायललाई हालै मात्र अमेरिकाको रोचेस्टर सिटीले सम्मान गर्दै ‘अन्तर्राष्ट्रिय पप गायक’ को उपाधि दिएको थियो। उनलाई सिटीका मेयर लभ्ली वारेन र डेपुटी डाइरेक्टर मेयर डा. केर्डिक एल अलेक्जन्डरले संयुक्त रुपमा सम्मान गरेका थिए । सिटीले राजेशकै नाममा प्रत्येक नोभेम्बर ५ का दिन ‘राई इज किङ’ को नाममा फेस्टिभल मनाउने घोषणासमेत गरेको थियो। 

प्रकाशित: १३ मंसिर २०७४ ०६:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App