१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दोहोरो सुविधाको माग राख्दै धर्नामा

काठमाडौं- काठमाडौं महानगरपालिकामा दोहोरो सुविधा लिईरहेका नगर प्रहरीले सेवाबाट हटाउन खोजेको भन्दै महानरपालिकाको कार्यालयमा धर्ना दिएका छन्। उनीहरुले कामै छोडेर तीनदिनदेखि धर्ना दिईरहँदा नगर प्रहरीले गर्नपर्ने कार्यमा समेत प्रभाव परेको महानगरपालिकाले जनायो।

नेपाली सेना र नेपाल प्रहरीबाट अवकासप्राप्त ६० जनालाई महानगरपालिकाले २०६१ सालदेखि वार्षिक रुपमा करार नविकरण हुनेगरी महानगरपालिकाको शहरी सुव्यवस्था बिभाग अन्तर्गत नगर प्रहरी महाशाखामा नगरी प्रहरी पदमा नियुक्ति गरेको थियो। अहिले महानगरपालिकाले करारको ठाउँमा स्थायी नगर प्रहरी नियुक्ति गर्ने भन्दै विज्ञापन आह्वान गरेपछि करारमा रहेकाहरुले विरोद्ध जनाउँदै आएका हुन्। उनीहरुले आफुहरुको रोजीरोटी खोसिने भन्दै विरोद्ध जनाएका हुन्। यद्यपी उनीहरूले पेन्सन होल्डर हुन्।

यता सरकारबाट पेन्सन लिइरहेका व्यक्ति फेरि सरकारी वा सार्वजनिक लाभको पदमा नियुक्त भए पेन्सन रकम वा कार्यरत संस्थाको तलबसुविधामध्ये एउटा मात्र लिनुपर्ने व्यवस्था गरेको छ। गत माघ ८ को मन्त्रिपरिषद् बैठकले दोहोरो सुविधा लिन नपाउने निर्णय गरेको थियो।

सरकारले सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय विकास मन्त्रालय हुँदै महानगरपालिकामा दोहोरो सुविधा लिइरहेका व्यक्ति भए नामावली पठाउन गत माघमै पत्र पठाएको थियो। महानगरपालिकाले पनि दोहोरो सुविधा लिइरहेका व्यक्तिको नामावली मन्त्रालयमा पठाएको जनाएको छ।

स्थानीय निकाय मन्त्रालयले भने महानगरबाट दोहोरो सुविधासम्बन्धी कुनै पत्र नआएको बताएको छ। 'महानगरले पठाएको पत्र मन्त्रालयमा आएको छैन,' स्थानीय विकास मन्त्रालयका सचिव पूर्णचन्› भट्टराईले नागरिकसँग भने, 'सरकारले बनाएको कानुन नमान्ने कुरै हुँदैन्। कसैले दोहोरो सुविधा लिइरहेको भए हामी छानबिन गरी कानुन अनुसार कारबाही गर्छौं।'

सार्वजनिक लाभको पदमा वहाल रहुन्जेल कुनै पदाधिकारीले पारिश्रमिक र विवृत्तभरणको दोहोर सुविधा उपभोग गरिसकेको रहेछ भने यी दुई मध्ये कुनै एक सविधा वापत प्राप्त गरेको रकम सरकारी कोषमा दाखिल गरि सकेपछि मात्र निवृत्तभरण अभिकारपत्र जारी गर्ने व्यवस्था छ।

स्थायी नियुक्तिका आह्वान गरिएको विज्ञापन तत्काल रोकी उनीहरुको करार अवधी थप्नपर्ने अन्यथा उनीहरुको रोजीरोटीको व्यवस्था गरिनुपर्ने उनीहरको माग छ। महानगरपालिका भने कुनै हालतमा विज्ञापन नरोक्ने र करार अवधि पनि नथप्ने जनाएको छ। 'कानुनअनुसार नगर प्रहरी कारबाहीको भागीदारमा रहेका छन्,' महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने, 'संस्था व्यक्तिको होइन तर्सथ कोही व्यक्तिलाई संरक्षण दिने पक्षमा महानगरपालिका नभएकाले विज्ञापन रोकिने छैन।' कार्कीका अनुसार महानगरपालिकामा जती वर्ष सेवा गरेको छ त्यती नै महिना बराबरको एकमुष्ठ तलब उपलब्ध गराउनेछ। ०६१ सालदेखि करारमा सेवा गर्दै आउनेहरुले विदा हुनेबेलामा १३ महिना बराबरको तलब एक मुष्ठ पाउने व्यवस्था महानगरपालिकाले गरेको छ। अहिले उनीहरुले नेपाली सेना तथा प्रहरीले पाउँदै आएको बराबरको तलब बुझिरहेका छन्।

महानगरमा अहिले करार र स्थायी दुवै गरी १ सय ६० जना नगर प्रहरी कार्यरत छन्। गत असार २७ मा महानगरको पदपूर्ति समितिले ९० जना स्थायी नगर प्रहरी नियुक्त गर्ने निर्णय गरी विज्ञापन समेत आह्वान गरिसकेको छ। अहिले उम्मेरद्वारहरुको फारम लिने कार्य जारी छ।

प्रकाशित: २१ श्रावण २०७३ ०३:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App