८ वैशाख २०८१ शनिबार
समाज

नेपालीलाई छात्रवृत्ति दिँदै लभ्ली विश्वविद्यालय

काठमाडौं- भारतीय राज्य पन्जाबस्थित लभ्ली प्रोफेसनल विश्वविद्यालयले उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ। विश्वविद्यालयको काठमाडौंस्थित प्रतिनिधि हब इन्टरनेसनल एजुकेसनका कार्यकारी अध्यक्ष उद्धवबहादुर खड्काले कक्षा १२ को परीक्षा दिएका विद्यार्थी लक्षित गरी विश्वविद्यालयले छात्रवृत्ति उपलब्ध गराएको जनाए।

यस वर्ष १ सय ५० नेपाली विद्यार्थी भर्ना लिने लक्ष्यसहित विश्वविद्यालयले शिक्षण शुल्कमा ५० प्रतिशत छात्रावृत्ति उपलब्ध गराउने भएको छ। विश्वविद्यालयमा हाल विश्वका ३० भन्दा बढी देशका २५ हजार भन्दा बढी विद्यार्थी विभिन्न विषयमा अध्ययनरत् छन्। विश्वविद्यालयले नेपाली विद्यार्थीका लागि अध्ययनपछि रोजगारीको समेत व्यवस्था गरेको अध्यक्ष खड्काले बताए।

हाल ५ सयभन्दा बढी नेपाली विद्यार्थी अध्यापन गराइरहेको विश्वविद्यालयले हब इन्टरनेसनल एजुकेसनलाई नेपाली विद्यार्थी दर्ताको जिम्मेवारी दिएको छ। त्रिभुवन विश्वविद्यालयबाट विषयगत समकक्षताको लिखित सहमति लिएको विश्वविद्यालयमा हाल २ सयभन्दा बढी विषय पठनपाठन गराइन्छ।

'त्रिविले समकक्षता दिएको भारतका निजी विश्वविद्यालयमध्ये लभ्ली एक मात्र हो,' अध्यक्ष खड्काले भने, 'विश्वविद्यालयले वर्षको दुईपल्ट विश्वविद्यालय परिसरमा भारतीय र अन्तर्राष्ट्रिय कम्पनीको रोजगारीमूलक मेला आयोजना गर्छ। ३  सय भारतीय र अन्तर्राष्ट्रिय कम्पनीसँग विश्वविद्यालयको सहकार्य छ।'। उनले प्लसटुमा ६५ प्रतिशत अंक ल्याएका विद्यार्थीले बिटेक पढ्न चाहे शिक्षण शुल्कमा ५० प्रतिशत र अन्यको हकमा ३० प्रतिशत छात्रवृत्ति दिने तय भएको बताए।

विश्वविद्यालयमा १८ हजार विद्यार्थी बसोबास गर्ने क्षमताको अत्याधुनिक छात्राबास, सपिङमल, होटल, जिम, बैंक, खेलकुद मैदान छ। 'एलपियूले नेपालका लागि हब इन्टरनेसनल एजुकेसनलाई विद्यार्थी भर्नाको जिम्मेवारी दिएको छ,' खड्काले भने, '१० अगस्टभित्र अध्ययन गर्न जाने विद्यार्थीका लागि हबले अगस्ट ९ मा ओरिएन्टेसन कक्षा सञ्चालन गर्ने भएको छ।' उनले कक्षा १२ को परीक्षा दिएर नतिजा पर्खिरहेका विद्यार्थीले पनि भर्नाका लागि दर्ता गराउन सक्ने व्यवस्था गरिएको बताए।

प्रकाशित: २१ श्रावण २०७३ ०३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App