coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘इकुभन्दा फरक फिर्के’

काठमाण्डौ–हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा जंगली मान्छेको चरित्र ‘इकु’ भूमिकामा अभिनय गरेर दर्शकमाझ चिनिएका कलाकार सुलेमान शंकरले ‘इकु’ नै नाम राखेर ‘इकु’ र ‘इकु ब्याक अगेन’ बनाए । फिल्म ‘इकु’ले उनलाई सफलताको स्वाद चखाए पनि दोस्रो फिल्म ‘इकु ब्याक अगेन’ असफल बन्यो।

यिनै सुलेमान पुनः दर्शकमाझ फिल्म ‘फिर्के’ लिएर आगामी पुस २१ गते आउँदैछन् । फिल्मको ट्रेलर बुधबार पत्रकार माझ सार्वजनिक गर्दै सुलेमानले आफ्नो भूमिका पृथक रहेको बताए । ‘यसअघिका दुई फिल्ममा मलाई जंगली मान्छेअर्थात् इकुको रुपमा दर्शकले हेर्नुभयो,’उनले भने,‘तर फिर्केमा इकुभन्दा फरक भूमिकामा छु। अगाडिका फिल्ममा मलाई दर्शकले नांगो रुपमा देख्नुभएको थियो । तर, यसमा मलाई लुगा लगाएको चरित्रमा देख्न पाउनुहुनेछ।’

गाउँबाट शहर आएको एक सोझो युवाको कथा बोकेको फिल्मको निर्देशन रवि डंगोल ‘बेमान’ ले गरेका छन् । ‘आम फिल्म जस्तै मेरो फिल्मको पनि सुरुवात र अन्त्य हुन्छ । त्यो बीचमा आएका उतारचढाव र ट्िवस्टलाई फिल्ममा कमेडी पारामा प्रस्तुत गरेको छु,’उनले भने,‘मैले नेपाल भाषाका धेरै फिल्म  बनाए पनि नेपाली भाषामा पहिलो पल्ट निर्देशन गरेको हुँ । डर र उत्साह दुवै छ ।’ ६वटा नेवारी फिल्म निर्देशन गरिसकेका रवि हाँस्य टेलिश्रृंखला ‘तीतो सत्य’मा ‘बेमान’ थेगोले दर्शकमाझ चिनिएका हुन्। 

फिल्ममा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, विष्णु सापकोटा, अर्जुन गुरुङ, उज्जवल भण्डारी, पुरन थापालगायतका कलाकारको अभिनय रहेको छ। 

ओमलाल गुरुङ र राजेश श्रेष्ठले निर्माण गरेको फिल्ममा अभिमन्यू निरबीको लेखन, अष्ट महर्जनको द्वन्द्व, मित्र डि गुरुङको सम्पादन र रामकुमार केसीको छायांकन छ।

प्रकाशित: १४ मंसिर २०७४ ०६:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App