७ वैशाख २०८१ शुक्रबार
राजनीति

अर्नगल प्रचारविरुद्ध एमाले अध्यक्ष ओलीको आपत्ति

झापा- एमाले अध्यक्ष केपी शर्मा ओलीले झापामा भएको ‘राप्रपासहितको गठबन्धनविरुद्ध अर्नगल प्रचार भएको’ भन्दै आपत्ति जनाएका छन् । बिहीबार बिर्तामोडमा भएको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले एमाले सहमतिभन्दा बाहिर नजाने बताए । 

‘एमालेले भन्ने एउटा, गर्ने अर्को गर्दैन,' उनले भने, ‘एमाले जे भन्छ, त्यही गर्छ । यस्ता अनावश्यक प्रपोगण्डा मच्चाउन आवश्यक छैन ।’ झापा-३ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई समर्थन गरेको वाम गठबन्धनले ठूला नेताको इशारामा उनलाई धोका दिने हल्ला उम्मेद्वारी दर्तादेखि नै चर्चामा छ । 

तर, शीर्ष नेताहरुले  भने यसलाई ‘अनावश्यक प्रपोगण्डा’ भन्दै आएका छन् । ‘हामीले गरेको सहमतिभन्दा दायाँबायाँ कसैले गर्दैन,’ अध्यक्ष ओलीले थपे, ‘कसैले भ्रममा नपरे हुन्छ ।’ बिर्तामोडको सभा सकिएलगत्तै ओली झापा ३ कै चुनावी सभालाई सम्बोधन गर्न भद्रपुर गएका छन् । सोही सभालाई माओवादी नेता तथा झापा १ का गठबन्धनका उम्मेद्वार राम कार्कीले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित: १४ मंसिर २०७४ १०:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App