coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बिप्लवका सेक्रेटरी पक्राउ

उदयपुर– नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । जिल्लाको पूर्वी बेलका नगरपालिकाबाट सेक्रेटरी बाबुराम सुबेदीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

उदयपुरमा शृङ्खलाबद्ध बम आक्रमणसँगै उम्मेदवारसहित ७ जना घाइते हुने गरी एम्बुस विष्फोट गराउनेको खोजी गर्ने क्रममा उनी पक्राउ परेका हुन् । उनलाई बिहीबार साँझ नियन्त्रणमा लिइएको हो । यसअघि बिहान त्रिनपा ८ का बलबहादुर मगरलाई एम्बुस थाप्ने योजनाकारमध्येका एक भएको आरोपमा घरबाटै पक्राउ गरेर अनुन्धान थालिएको प्रहरीले जनाएको छ ।

अज्ञात समूहले लगातार विष्फोट गराउन थालेपछि चुनाव वहिस्कारको अभियानमा जुटेको नेकपालाई लक्षित गरी अपराधीको ‘सर्च’ गर्ने क्रमलाई प्रहरीले तिब्र पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीले नेकपाका जिल्ला इन्चार्ज केदार राईको मोटरसाइकल पनि बरामद गरेको जनाएको छ । राई भने फेला पर्न सकेका छैनन् । उनको खोजी भइरहेको प्रहरी भनाई छ ।

उदयपुरमा उम्मेदवारको कार्यक्रम लक्षित गरी मंसिर १४ देखि निरन्तर विष्फोट हुने क्रममा १३ गते विद्युतीय धराप विष्फोटमा नेपाली कांग्रेसका प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार नारायण कार्की गम्भीर घाइते भएका थिए । उनीसँगै टोलीमा रहेका नेविसंघ नेतृ मीरा कटुवाल, चालक राजन कार्की, कार्कीका अंगरक्षक कालीदास श्रेष्ठ र गाडीमा सवार बृद्धा धनमाया धौलाकोटी पनि घाईते भएका थिए । उनीहरु सबैको राजधानीस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित: १५ मंसिर २०७४ ०६:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App