coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दलीय स्वार्थका कारण परिषद अझै हुन सकेन

भोजपुर– स्थानीय तहका जनप्रतिनिधि विच दलिय स्वार्थका कारण नगरपरिषद तथा गाउँपरिषद नहुँदा जिल्लाका स्थानीय तहको काम काज प्रभावित भएको छ । समयमै नीति तथा कार्यक्रम पारित गरेर योजनाहरु कार्यान्वन चरणमा जानुपर्ने अवस्थामा अहिलेसम्म पनि परिषद नहुँदा स्थानीय तहको काम काग प्रभावित भएको हो ।
दुई नगरपालिका र सात ओटा गाउँपालिकासहित नौ वटा स्थानीय तह रहेको भोजपुरमा पाँच वटा स्थानीय तहले मात्र नगर तथा गाउँपरिषद् सम्पन्न सम्पन्न गरेका छन्, भने एक नगरपालिकासहित तीन वटा गाउँपालिकाको परिषद हुन सकेको छैन । हालसम्म नगरपरिषद नहुने स्थानीय तहमा षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका, रामप्रसादराई गाउँपालिका र पौवादुम्मा गाउँपालिका छन् ।  निर्वाचिन जनप्रतिनिधिबीच आपसी किचलोको कारण ऐन तथा नियमावली पारित हुन नसक्दा परिषद हुन नकेको स्थानीय तहका प्रमुखहरुको भनाइ छ ।
अन्य पार्टीबाट विजयी भएका उपप्रमुखलगायत सदस्यहरुले निर्णय प्रक्रियामा असहयोग गरेको कारण पटक पटक बैठक बस्दा पनि ऐन तथा नियमावली पारित गर्न नसक्दा हालसम्म पनि परिषद हुन नसकेको पौवादुम्मा गाउँपालिकाका अध्यक्ष किरण राईको भनाइ छ । अन्य स्थानीय तहहरुमा पनि प्रमुखहरु अल्पमतमा परेकाले निर्णयहरु ारित नहुँदा परिषदमा ढिला भएको जनाइएको छ । परिषद हुन बाँकी गाउँपालिकामा र नगरकार्यपालिकामा प्रमुखबाहेक अन्य सदस्यमा प्रमुखहरु अल्पमतमा रहेका कारण पनि परिषद हुन नसकेको हो ।
जनप्रतिनिधिबीच रहेको एक आपसको किचलोलाई हटाएर परिषद गराउने तयारी भइरहेको जिल्ला समन्वय समितिले जनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण खड्काले भने, ‘निर्वाचनको कारण यसअघि त परिषद गर्न मिलेन, तर अव भने हामी उनीहरुबीच रहेको असझदारीलाई मिलाएर परिषद गराउने पहलमा छौं ।’

 

प्रकाशित: १५ मंसिर २०७४ ०७:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App