८ वैशाख २०८१ शनिबार
अन्य

विवाहको मेकअप

–यदि तपाई जाडो महिनामा विवाह गर्दै हुनुहन्छ भने विवाहको दिन भन्दा पहिले नै तपाईंले ट्रायल मेकअप गर्नु जरुरी हुन्छ । यसले तपाईं विवाहको दिन कस्तो देखिनु हुन्छ भन्ने कुरालाई थाहा पाउन सकिन्छ । यसका साथै यसले  तपाईंको मेकअपलाई प्राकृतिक उज्यालो र चिसो याममा मेकअप गर्दा कस्तो देखिनु हुन्छ भन्ने कुरा  थाहा हुन्छ ।  
–विवाह गर्दा दुलहीले अनिवार्य रुपमा आफूसँग राम्रो पफ्र्युम र सेटिङ पाउडर राख्नुपर्छ । विवाह भइरहेको समयमा आफ्नो मेकअप बिगरेर फेरि मिलाएर गर्नुपर्ने अवस्था आओस् भन्ने कुनै पनि दुलहीले चाहन्नन् । विवाहमा साथी, परिवारका सदस्य, दुलहा सबै जना दुलहीको प्रतीक्षामा हुन्छन् । यस्तोमा दुलही मेकअप गर्न घरिघरि अर्को ठाउँमा गएका खण्डमा विवाहको मज्जामा ढुंगा लाग्छ ।
–जब तपाईंको मेकअप आर्टिस्टले तपाईंलाई कस्तो फाउन्डेसनको प्रयोग गर्नु हुन्छ भनेर सोध्यो भने तपाईंले आप्mनो ब्यागमा भएको फाउन्डेसन प्रयोग नगरी मौसम र तपाईंको छालाको प्रकृति अनुसारको  फाउन्डेसन प्रयोग गर्नुपर्छ । मौसम अनुसार छालाको रङमा परिवर्तन आउँछ । त्यसैले गर्दा मौसम अनुसारको फाउन्डेसन प्रयोग गर्नुपर्छ ।
–आप्mनो छालाको सधैं स्याहार गर्नु भनेको सधैँ आफ्नो दाँतलाई सफा गर्नुजस्तै हो । त्यसैले सधैं आप्mनो छालाको हेरविचार गर्नुपर्छ । जहिले पनि आफूलाई सुहाउने गरी ब्युटी प्रोडक्ट प्रयोग गर्नुपर्छ । यसले अनुहारको छालालाई पोषण गर्ने काम गर्छ । अनुहारलाई फेसवासले दिनमा दुई पटक बिहान र बेलुका अनिवार्य रुपमा सफा गर्नुपर्छ ।  
–घरिघरि अनुहारलाई प्याडले सफा गर्नु हुँदैन, यसले मेकअप बिग्रन सक्छ । त्यसैले गर्दा एक चोटि राम्रोसँग मेकअप गरिसकेपछि त्यसलाई घरिघरि कपडाले वा प्याडले पुछ्नु हुँदैन ।
–विवाहको समयमा दुलहीले आफूसँग जहिले पनि खाने कुरा राख्नुपर्छ । ताकि जब उसलाई भोक लाग्छ उसले त्यो खान सकोस् । दुलहीले अरुजस्तो घरि–घरि उठेर हिँड्न मिल्दैन । त्यसैले सधैं आपूmसित खाने कुरा राख्नु पर्छ ।
–बिहे नजिकिँदै गर्दा दुलहा वा दुलहीमा तनाव बढ्दै जाँदा निद्रा पनि टुक्रन थाल्छ । यस्तो अवस्थामा दुवैको निद्रा कचल्टिने हुन सक्छ । निद्रा राम्रोसँग पूरा भएन भने अनुहार नराम्रो र थकित देखिन्छ । त्यसैले विवाहको समय नजिकिदै गर्दा अनिवार्य रुपमा ८ घण्टा सुत्नुपर्छ । यसले अनुहारमा निखार ल्याउँछ, जुन कुनै पनि ब्युटी प्रोडक्ट लगाएर आउन सक्दैन ।
–बिहे गर्दा दुलहीले अनिवार्य रुपमा फेसियल गर्नुपर्छ । यसले अनुहारलाई सुन्दर र आकर्षक बनाउँछ । दुलहीले आप्mनो मेकअप गर्ने व्यक्तिलाई आफ्नो अनुहारलाई कसरी आकर्षक देखाउन सकिन्छ भन्ने कुरा सोध्नु पर्छ । बिहेको एक दिन अगाडि फेसियल गर्नु हुँदैन । दुलहीले बिहेको दुई तीन दिनअगाडि नै फेसियल गरेको राम्रो हुन्छ । यसले गर्दा अनुहारमा मेकअप राम्रोसँग बस्छ र अनुहारमा निखार आउँछ ।
–बिहेको बेला दुई लिटर पानीमा काँक्रा, स्ट्राबेरी वा कागती आफ्नो स्वादअनुसार खानुपर्छ ।
–यदि बिहे जाडो महिनामा हुँदैछ भने पनि दुलहीले युभी प्रोटेक्सन भएको फाउन्डेसन लगाउनु पर्छ । यसले अनुहारलाई चम्किलो बनाउँछ ।
–जाडो महिनाको हावा चिसो हुन्छ । यसले अनुहार र छालालाई सुख्खा बनाउँछ । त्यसैले गर्दा राति सुत्नुअघि अनुहारमा अनिवार्य नाइट क्रिम लगाउनु पर्छ । यी बेलामा लगाएको क्रिम धेरै प्रभावकारी हुन्छ ।   
–मरेको छालाको कोसहरुले दुलहीको सुन्दरतालाई कम गर्ने काम गर्छ । त्यसैले अनुहारमा मरेको छालाको कोस हटाउन सधैं एक्सफोलिएट भएको क्रिमको प्रयोग गर्नुपर्छ । यसले अनुहारको मरेको छालाको कोस हटाउने काम गर्छ ।
–तपाईंको विवाह जाडो महिनामा हुँदैछ भने तपाईंले आफ्नो ओठलाई सुन्दर बनाउनु पर्छ । यसका लागि ओठलाई फुट्न दिनु हुँदैन । यसका लागि आफूसँग जहिले पनि लिप बाम राख्नुपर्छ । यसले ओठलाई फुट्नबाट रोक्छ ।  
–जाडो भन्नेबित्तिकै अनुहारमा धेरै क्रिम लगाउनु पर्छ भन्ने होइन । त्यसैले जाडोमा कहिलेकाहीँ अनुहारलाई सेल्फ टोनको हल्का टच दिनुपर्छ । यसले अनुहारलाई प्राकृतिक सुन्दरता दिन्छ ।
–बिहेमा दुलकीहरुले जति रुदिनँ भने पनि रुन्छिन् । त्यसैले दुलहीले आफूसँग जहिले पनि टिस्यु पेपर राख्नुपर्छ । भारी मेकअपका बेला तपाईंलाई रुन मन लाग्यो र लगातार आँसु चुहिरह्यो भने तपार्इंको मेकअप बिग्रिन सक्छ । त्यसैले रुमाल वा टिस्यु पेपर आफूछेउ राख्न नबिर्सनुस् ।
–बिहेमा दुलहीले आफूसँग अनिवार्य रुपमा पाउडर पफ राख्नु पर्छ । कथं कदाचित दुलहीको आँखामा आँसु आयो भने मेकअपलाई बिग्रनबाट रोक्न पाउडर पफको प्रयोग गर्नुपर्छ ।
–दुलहीको मेकअप गर्दा गालामा रोजको प्रयोग गरिसके पछि ब्रोन्जर अफ कनटोर लगाउनुपर्छ ।
–जाडो महिनामा चिसो हावाले अनुहारको मोश्चरलाई कम गरिदिन्छ । यस्तोमा तपाईंले प्रयोग गर्ने प्रोडक्टले तपाईंलाई केही मद्दत गर्न सक्दैन । यस्तोमा तपाईंले आप्mनो अनुहारमा अलकोहल फ्रि प्रोडक्टको प्रयोग गर्नुपर्छ ।
–जाडो महिना भन्नेबित्तिकै अनुहारलाई जहिले पनि तातो पानीले सफा गर्नुपर्छ भन्ने छैन । कहिलेकाहीँ अनुहारलाई सफा गर्दा चिसो पानीले पनि गर्न सकिन्छ । अनुहार सफा गर्दा अनुहारको पोरस् खुल्छ । यसलाई फेरि बन्द गर्न चिसो पानीले पखाल्नुपर्छ ।
–बिहेको समयमा दुलहीको लिपस्टिक बिग्रन सक्छ । यस्तोमा दुलहीले अरुबेला भन्दा अलि बढी लिपस्टिक लगाउनु पर्छ । त्यसैले बिहेमा दुलहीले स्ट्रबेरीको जस्तो रातो र उज्यालो रङको लिपस्टिकको प्रयोग गर्नुपर्छ ।
–बिहेमा दुलहीले अनुहारको मसाज गर्दा घाँटीको पनि मसाज गराउनु पर्छ । यसले तपाईंको शरीरको रगतको प्रसारलाई सहज बनाउनुका साथै अनुहारमा रगतको राम्रो प्mलो गरिदिन्छ । जसले अनुहारलाई सुन्दर र आकर्षक देखिन्छ ।

प्रकाशित: १५ मंसिर २०७४ १०:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App