५ वैशाख २०८१ बुधबार
समाज

माइक्रोबस दुर्घटनामा एकको मृत्यु, १५ घाइते

सिन्धुली- काठमाडौंबाट उदयपुर जाँदै गरेको बा ३ ख ८४६७ नं को माइक्रोबस बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–११ बुका दोभानमा आज दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा उदयपुर त्रियुगा नगरपालिका–६ निवासी ६५ वर्षीय राजेन्द्रप्रसाद भट्टराई रहेका छन् । दुर्घटनामा परी अन्य १४ जना घाइते भएका छन् । 

घाइतेहरुको सिन्धुली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए । 

दुर्घटनामा परेको सोही माइक्रोबसले बर्दिबासबाट काठमाडौँतर्फ आउँदै गरेको स २ प ५९४७ नं मोटरसाइकललाई ठक्कर दिँदा उदयपुर कटारी निवासी ४५ वर्षीय कर्णबहादुर तामाङसमेत घाइते भएका छन् । 

तीव्र गतिमा रहेको सो माइक्रोबसले अर्को माइक्रोबसलाई उछिन्न खोज्दा मोटरसाइकललाई ठक्कर दिई सडकबाट करिब ७० फिट तल खसेको थियो । 

प्रकाशित: १५ मंसिर २०७४ १३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App