लन्डन – केही दिन अगाडी मात्रै इन्गेजमेन्ट गरेका बेलायती राजकुमार ह्यारी र उनकी प्रेमिका मेघान पहिलोपटक भ्रमणमा निस्किएका छन्।
उनीहरुले बेलायतको शहर नोटिङघमको भ्रमण गरेका छन् । बेलायती महारानी एलिजावेथका नाती राजकुमार ह्यारीले अमेरिकन अभिनेत्री मेघानसँगको प्रेमलाई विवाहमा परिणत गर्ने निर्णय केही दिन अगाडी मात्रै गरेका थिए।
इन्गेजमेन्ट गरिसकेका मेघान र ह्यारीको जोडीले अर्को वर्ष मात्रै विवाह गर्ने घोषणा गरेका छन्।
इन्गेजमेन्ट पश्चात् पहिलो पटक सञ्चार माध्यममा संयुक्त रुपमा अन्र्तवार्ता दिदै राजकुमार ह्यारी र मेघानले विवाहको निर्णयले आफुहरु ज्यादै खुसी भएको बताएका थिए। राजकुमार ह्यारी अन्र्तवार्ताको क्रममा पत्नीका रुपमा सुन्दर मर्केललाई पाउँदा आफु ज्यादै नै खुसी भएको बताएका थिए।
प्रकाशित: १६ मंसिर २०७४ ०८:२६ शनिबार