४ वैशाख २०८१ मंगलबार
समाज

दुर्घटनामा दुई भारतीय नागरिकको मृत्यु

रौतहट— रौतहटमा भएका दुई सबारी दुर्घटनामा दुई जना भारतीय नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना सबारी चालक र एकजना पैदल यात्रु छन्। मृतक दुवैजनाले मदिरा सेवन गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ।

चुनाव प्रचारको क्रममा मधेसी गठबन्धनको तर्फबाट क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका किरण साहको प्रचारको गाडी चलाइरहेका बीआर ०१ पीबी ३९३३ नम्बरको बोलेरो शनिवार राति बौद्धिमाई नगरपालिका ८ स्थित अणुवा खोलामा पुलबाट ३२ मिटर तल खस्दा भारत मोतिहारीको बिजबनी गाउँका ४० वर्षीया गोपाल राय यादवको मृत्यु भएको छ।

गाडी खोलामा खसेपछि गम्भीर घाइते भएका चालक यादवलाई उपचारको लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। गाडीमा सबार राजपुर नगरपालकाका तारकेश्वर साह, राम गोविन्द साह, राजेन्द्र साह, जगरनाथ साह, नगेश साह र गिरधारी साह घाइते भएका छन्।

घाइते सबैको वीरगंजमा उपचार भइरहेको रौतहट प्रहरीले जनाएको छ । चालक यादवले मदिरा सेवन गरेको प्रहरीको भनाइ छ।

यसै गरी आइतबार बिहान सदरमुकाम गौर १ मा बा १७ च ८१४३ नम्बरको सफारी जीपको ठक्करले भारत सितामढीको सिन्दुरियाका ४० वर्षीय मजिद मन्सुरीको घटनास्थलमै मृत्यु भएको छ। गाडी ब्याक गर्ने क्रममा ठक्कर लागेपछि मजिदको मृत्यु भएको हो।

मजिदले एकाबिहानै अत्यधिक मदिरा सेवन गरेको प्रहरीको दाबी छ । ठक्कर दिने गाडी सहित चालक भारत मोतिहारी ढाकाका सुरेश जयसवाललाई प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक प्रहरी कार्यालय गौरका नायब निरीक्षक जगदीश सिंहले जानकारी गराएका छन्।

दुवै दुर्घटनाको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित: १७ मंसिर २०७४ ०५:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App