७ वैशाख २०८१ शुक्रबार
समाज

रसुवामा आगलागी हुँदा डेढ लाख क्षति

रसुवा– रसुवाको सदरमुकाम धुन्चेमा रहेको किराना पसलमा विद्युत सर्ट भएर आगलागी भएको छ । शनिबार राति १० बजेको समयमा आगो लाग्दा किराना पसलमा रहेको सामग्री जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार आगलागिबाट डेड लाख बराबरको क्षति भएको छ । उर्बेन तामाङको घरमा सपना बिकले चलाउँदै आएको किराना पसलमा विद्युत सर्ट भएर आगलागी भएको प्रहरी नायब उपरिक्षक सरत कुमार थापा क्षेत्रीले बताए ।

आगो लागेको जानकारी पाउने बितिक्कै नेपाल प्रहरी शसस्त्र पहरी र स्थानीयबासी पुगेर आगो नियन्त्रणमा लिएका थिए । आगो निभाउन करिब आधा घण्टा लागेको थियो । आगलागिबाट घरमा क्षति भएको तर मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित: १७ मंसिर २०७४ ०५:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App