coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बम पड्काउने ८ जना पक्राउ, अधिकांश विप्लवका कार्यकर्ता

काठमाडौँ – निर्वाचन विथोल्न बम पड्काउदै हिड्ने ८ जना पक्राउ परेका छन्। प्रहरीले विभिन्न जिल्लाबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्ने अधिकांश नेत्र विक्रम चन्द विप्लव समूहका सदस्य छन्।

प्रहरी प्रवक्ता मनोज न्यौपानेका अनुसार कास्कीको ३ ठाउँमा बम पड्काएको आरोपमा मिलन राई, कुमार तामाङ र दिलबहादुर सुनार पक्राउ परेका छन् । तीनै जना विप्लव समूहका सदस्य हुन्।

बारामा काजि तिमल्सिना, संखुवासभामा बम पड्काउने छत्रमणी अधिकारी, भोजपूरमा महेन्द्र  तामाङ पक्राउ परेका छन्। यी सबै विप्लवका कार्यकर्ता हुन्।

सिराहामा प्रहरी गस्तीमा गोली हान्ने तीनजना पक्राउ परिसकेको न्यौपानेले बताए। उदयपुरमा १ जना पक्राउ परेका छन्। उनको पार्टीगत संलग्नता खुलेको छैन। 

निर्वाचन विरोधी गतिविधी गरेको आरोपमा ५ सय ८१ जना पक्राउ परेका छन् भने विभिन्न घटनामा १३९ जना पक्राउ परेका छन्।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन मनोनयनपछि ५० भन्दा बढी स्थानमा बम भेटिएको थियो। अधिकांश बम नक्कली भेटिएको न्यौपानेले बताए।

आइतबार रक्षामन्त्री भिमसेनदास प्रधानको घर नजिक फेला परेको शंकास्पद बस्तु समेत नक्कली बम रहेको उनले बताए।
चुनाबी सुरक्षामा नेपाली सेना,नेपाल प्रहरी ,सशस्त्र,राष्ट्रिय अनुसन्धान विभाग र म्यादी गरी करिब ३ लाख सुरक्षाकर्मी परिचालित छन्।

'अधिकांस स्थानमा आतंक फैलाउन नक्कली बम राखेको खुलेको छ,' प्रवक्ता न्यौपानेले भने 'सुरक्षा परिचालन र सतर्कता दुबै बढाएका छौ ।'

प्रकाशित: १७ मंसिर २०७४ ०६:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App