coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सुम्हालुङ मिनि म्याराथुनमा याङदेप प्रथम

पाँँचथर- पाँचथर सदरमुकाम फिदिममा आयोजना भएको दोस्रो सुम्हालुङ मिनि म्याराथुनमा याङदेम राई प्रथम भएका छन् । चासोक तङ्नाम पर्वको अवसरमा आयोजना भएको प्रतियोगितामो निर्धारीत दूरी ३० मिनेट ३० सकेण्डमा पूरा गर्दै झापाको दमकका राई प्रथम भएका हुन्।

उनले ९ दशमलव ५ किलोमीटरको दूरी पार गरेका हुन् । सुम्हालुङ मन्दिरदेखि  फिदिमको आहाल गैरी, जोरशाल, पल्लोटार हुँदै पुनः सुम्हालुङ मन्दिर सम्मको दूरी तय गरिएको थियो। सहभागी ३७ जनालाई पछि पार्दै राई प्रथम भएका हुन् । उनलाई पछ्याएका खडक राईले ३१ मिनेट ३२ सकेण्डमा यो दूरी पार गरे । फिदिम-३ का खडकले याङदेमलाई पछ्याए पनि उछिन्न सकेनन् । ३५ मिनेटमा सो दूरी पूरा गर्दै फालेलुङ गाँउपालिकाका कविन केरुङ तेस्रो भए ।

प्रथम भएका याङदेमले १५ हजार रुपैँया पुरस्कार र ट्रफी उचाले । दोस्रो भएका खडकले १० हजार रुपैयाँ नगद र ट्रफी पाए भने  कविनले ५ हजार रुपैयाँ नगद र ट्रफिमा चित्त बुझाउनुपर्यो ।

प्रतियोगितामा ३८ जनाको सहभागिता थियो । उकालो–ओरालो भएकाले धावकहरुलाई केही समय लागेको थियो । लिम्बुहरुको चासोक पर्वको अवसरमा गत वर्षदेखि मिनि म्याराथुनको आयोजना हुन थालेको हो ।

प्रतियोगितामा सहभागि हुन पाँचथरसहित ताप्लेजुङ, इलाम, तेह्रथुम, झापालगायतका जिल्लाका धावकहरु सहभागी थिए ।

प्रकाशित: १७ मंसिर २०७४ ०६:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App