१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गौचन हत्याका मुख्य योजनाकार पक्राउ

असोजमा हत्या गरिएका शरदकुमार गाैचन। फाइल तस्विर

काठमाडौं— नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्नेतलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ।

बस्नेतलाई मंसिर १६ गते चितवनबाट पक्राउ गरिएको डिआइजी पुष्कर कार्कीले जनाए। पक्राउ बस्नेत दुर्गा तिवारी र गौचन हत्या तथा दावा लामा हत्या प्रयासको योजनाकार रहेको प्रहरीले जनाएको छ।

पैसा र लगानीना शेयर माग्दा नदिएपछि गौचनको हत्या गरेको उनले बयान दिएका छन्। बस्नेतले ३० अर्बको हुलाकी मार्ग निर्माणको ठेक्कबाट २ प्रतिशत कमिसन माग गरेका थिए।

निर्माण कम्पनीमा १ करोड लगानी गरेको तर गौचनले शेयर नदिएको बस्नेतले बयानमा उल्लेख गरेका छन्।

गौचन हत्या प्रकरणमा प्रहरीले यसअघि ७ जना पक्राउ गरिसकेको छ। डिआइजी गणेश केसी नेतृत्वको छानवीन समितिले बस्नेत भारतमा रहेको दाबी गरेको थियो। सिआइबीले भने चितवनमा समातेको दावी गरेको छ।

प्रकाशित: १७ मंसिर २०७४ ०८:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App