उद्यौलीमा साकेला नाच

आइतबार, १७ मङि्सर २०७४, १९ : ०४ नागरिक


खोटाङ– उद्यौली पर्वको अवसरमा खोटाङको पर्यटकीयस्थलमा साकेला शिली नाचिएको छ। किराँत समुदायको महान चाड उधौली साकेला यलेदोङको अवसरमा किराँत राई समुदायले आईतबार शुभकामना आदान–प्रदान गर्दै जिल्लाका रुपाकोट, मझुवागढी, तुवाचुङ, भुम्जु लगायतका स्थलमा साकेला नाचेका हुन्। किराँत समुदायमा नयाँ अन्न बाली भित्र्याएको खुसीयालीमा ‘अन्नको सह बसोस्, अन्नमा चरा मुसा नलागोस्’ भन्दै पितृ र प्रकृति पुज्नेक्रममा मंसिर पूर्णिकाका दिन साकेला नाच्दै उद्यौली पर्व मनाउने गरिन्छ। उद्यौली चाड १५ दिन मनाउने परम्परा भए पनि जिल्लामा एक दिन मात्र मनाउने प्रचलन रहिआएको किराँत राई यायोक्खाका जिल्ला सचिव युगसन किराँतले बताए । मंसिर पूर्णीमाका दिनबाट सुरु हुने उधौली पर्वलाई मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेतकारुपमा पनि लिने गरिन्छ । ‘पाकेको अन्न भित्र्याए पछि पितृ र प्रकृतिको पूजा गर्नेक्रममा उद्यौली मनाउने गरिन्छ,’ सचिव राईले भने, ‘पहिला–पहिला पन्ध्र दिन मनाउने गरिएको उद्यौली हाल मंसिर पूर्णिमाको दिन मात्र मनाउने गरिएको छ ।’

किराँत राईको सँस्कृतिलाई प्रचार–प्रसार एबं संरक्षण गर्दै जिल्लाको पर्यटन प्रबद्र्धनकालागि पर्यटकीय स्थल, साकेला थान र गढीमा विगत पाँच वर्ष यता साकेला नाच्ने गरिएको छ । पुर्वी नेपाल लगायत किरात समुदायको बस्तीमा अन्नबाली लगाउने बेला वैशाख पूर्णिमामा उभौली तथा अन्नबाली पाकेपछि उद्यौली पर्व मनाउने प्रचलन छ । किराँत समुदायमा पाकेको अन्न पितृलाई नचढाइ खान हुने विश्वार रहिआएको छ । उभौली र उद्यौलीलाई किरात समुदायले छोरीचेली, बाउमाईती, आफन्त, ईष्टमित्र भेटघाट गर्ने अवसरको रुपमा पनि लिने गरिन्छ।

परम्परागत भेषभुषामा सजिएका बालकदेखि बुढापाका पुरुष ढोलझ्याम्टा बजाउँदै र साकेला गाउँदै पर्यटकीयस्थल, साकेला थान र गढीमा पुगेका थिए । जाडो मौसममा रमाईलो गर्दै अग्लो डाँडामा पुगेका स्थानीयले ढोलझ्याम्टाको तालमा साकेला नाचेर रमाईलो गरेका छन् । कतिपय स्थानीय उद्यौलीको अघिल्लो दिन नै रुपाकोटमा पुगेर बास बस्ने गरेका छन् । उद्यौली र उभौलीमा मछामा, चावा, बोखोत्तो, आम्लामी, ङासा, हेच्छाकुप्पा, कुपामा, तावा, बम्लाती लगायतका लोपोन्मुख बन्दै गएको शिली नाच्ने गरिन्छ। पूराना किसिमका साकेला नाच बुढापाको मृत्युसँगै लोपोन्मुख बन्दै गएको छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

विवाहअघि नै गर्भवती मेघान ?

विवाहअघि नै गर्भवती मेघान ?

अमेरिकी अभिनेत्री मेगान मार्केल र बेलायती राजकुमार ह्यारीको हालैको इन्गेजमेन्ट र आगामी वर्षको मे महिनामा विवाह गर्ने समाचारले विश्वमा राम्रै...

नयाँ पुस्ताले सम्झाए नारायण गोपाल

नयाँ पुस्ताले सम्झाए नारायण गोपाल

नारायण गोपालको २७ औं स्मृति दिवसमा पछिल्लो पुस्ताका थुप्रै गायक गायिकाले उनका गीत गाएर स्वर सम्राटको सम्झनालाई जिवन्त बनाएका थिए...

युट्युबमा जीवन्त नारायण गोपाल

युट्युबमा जीवन्त नारायण गोपाल

नारायाण गोपालले गाएका गीतहरु कम्तिमा दुई दशक पुराना भइसके। उनी निधन भएकै आज २७ वर्ष पूरा भइसक्यो। तर भिडियो सेयरिङ...

शशि कपुरको अन्तिम संस्कार आज

शशि कपुरको अन्तिम संस्कार आज

सोमबार साँझ मुम्बईमा मृत्यु भएका बलिउड अभिनेता शशि कपुरको अन्तिम संस्कार आज मध्यान्ह गरिने भएको छ । उनको मृत्यु सोमबार...