coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

आर्थिक विकासका लागि काँग्रेसले जित्नु पर्छ: उद्योगपति चौधरी

नवलपरासी (रासस)-  उद्योगपति विनोद चौधरीले अब देशमा आर्थिक क्रान्ति आवश्यक रहेको बताएका छन्।

नवलपरासीको सदरमुकाम परासी बजारमा नेपाली काँग्रेसद्वारा आज आयोजित आमसभालाई सम्बोधन गर्दै उद्योगपति चौधरीले भने, “२०४८ सालबाट अधुरो रहेको आर्थिक क्रान्तिलाई अब पूरा गर्ने बेला आएको हो।”

उनले लोकतन्त्र र अर्थतन्त्रको नजिकको सम्बन्ध रहेको भन्दै देशमा लोकतन्त्र स्थापित गर्न र देशलाई समृद्ध बनाउन देशमा विकासको राजनीति आवश्यक रहेको बताए। उनले नेपाली काँग्रेसले विकासको स्पष्ट खाका बनाई अगाडि बढेको हुँदा सबै नेपाली जनताले काँग्रेसलाई सहयोग गर्न आग्रह गरे।

देशमा औद्यागिक विकास गरी देशबाट बेरोजगारी हटाउने, जनता र देशको अर्थतन्त्र बलियो बनाउने नीति र योजना काँग्रेससँग मात्र रहेको चौधरीले दाबी गरे। चौधरी यसपटक नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि सामानुपातिक उम्मेदवार छन्।

सोही अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कँडेलले त्रिवेणीधामलाई प्रदेश नम्बर ५ मा फर्काउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

नवलपरासीको (बर्दघाट सुस्ता पश्चिम) प्रतिनिधिसभा २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका नेता कँडेलले यस क्षेत्रको चौतर्फी विकासमा आफ्नो ध्यान केन्द्रित रहने बताए।

नेता कँडेलले यस जिल्लामा रहेको महेशपुर नाकालाई मुल भन्सार बनाउने, कलकत्ता बन्दरगाहबाट नजिक पर्ने नाका महेशपुरबाट सुनवल, महलपोखरी हुँदै पोखरा जोड्ने फास्ट्राको निर्माण गराउने, यहाँका पर्यटन विकास गर्ने, कृषिमा आधुनिकीकरण गरी कृषलाई फस्टाउने र शिक्षा स्वास्थसमेतको विकास गर्ने आफ्नो कार्यसूची रहेको बताए।

त्यसैगरी सभालाई सम्बोधन गर्दै राप्रपाका महामन्त्री धुव्रबहादुर प्रधानले लोकतन्त्र र नेपाली जनताको स्वतन्त्रता जोगाउन लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुपर्नेमा जोड दिए।
 

 

प्रकाशित: १७ मंसिर २०७४ १३:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App