coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

भ्यालेन्सियाविरुद्ध गेटाफेको संघर्षपूर्ण जित

भ्यालेन्सियाले स्पेनिस ला लिगा फुटबलमा यो सिजनको पहिलो पराजय व्यहोरेको छ । लिगअन्तर्गत आइतबार राति सम्पन्न खेलमा भ्यालेन्सियाले गेटाफेसँग पराजित भएको हो । शीर्ष स्थानको बार्सिलोनालाई सुरुदेखि नै दबाब दिँदै आएको भ्यालेन्सिया पराजित भएसँगै बार्सिलोनालाई फाइदा पुगेको छ ।
भ्यालेन्सियाको यो हारले बार्सिलोना लिगमा पाँच अंकको अग्रता काम राख्न सफल भएको छ । खेलमा २५औं मिनेटमा अरामबार्री दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि गेटाफे १० खेलाडीमा सीमित भएको थियो तर त्यसको फाइदा भ्यालेन्सियाले लिन सकेन ।
६६ औं मिनेटमा गेटाफेका लागि बेर्गाराले गोल गरे, त्यो गोल नै उसको जितमा निर्णायक गोल बन्यो । हारपछि दोस्रो स्थानको भ्यालेन्सियाको १४ खेलबाट ३१ अंक छ । शीर्ष स्थानको बार्सिलोनाको ३६ अंक छ । तेस्रो स्थानको एथ्लेटिको मड्रिडको ३० र चौथो स्थानको रियल मड्रिडको २८ अंक  छ ।
१९ अंकसहित गेटाफे आठौं स्थानमा छ । राति नै भएका अरु खेलमा लेगानेसले भिल्लारियल तथा एइबरले स्पानियोललाई समान ३–१ तथा लास पालमसले रियल बेटिसलाई १–० ले हराएको छ ।

 

प्रकाशित: १८ मंसिर २०७४ ०४:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App