१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

फ्रान्स र स्विजरल्याण्डको खेलमा खेलाडीका जर्सी च्यातियो, बलको हावा फुस्कियो

फ्रान्स- युरो कप २०१६ अन्तर्गत समूह ए को अन्तिम खेलमा आयोजक फ्रान्स र स्विजरल्याण्ड एक आपसमा भिडिरहेका थिए। यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेको फ्रान्स समूह विजेता बन्ने लक्ष्य साथ मैदानमा उत्रिँदा स्विजरल्याण्ड पनि सोही लक्ष्य लिएर मैदानमा प्रवेश गरेको थियो।

जारी प्रतियोगितामा खेल मैदान स्तरीय नभएको भनि गुनासो आइरहेका बेला यी दुई टोलीको भिडन्तमा केही यस्ता दृश्य देखिए जसबाट प्रतियोगितामा प्रयोग हुने जर्सी र बलसमेत स्तरीय नभएको प्रस्ट पारेको छ।

खेलको पहिलो हाफमा स्विजरल्याण्डका चार खेलाडीको जर्सी च्यातिएको थियो। उसका ग्रानिट जाकाले मात्र जर्सी च्यातिएपछि पहिलो र दोस्रो हाफमा गरी दुई पटक जर्सी परिवर्तन गरेका थिए। जर्सी च्यातिने अन्य खेलाडीहरुमा ब्लेरिम डिजिमि, आद्मिर मेहेमदि र ब्रेल इम्बो थिए।

खेल दौरान फ्रान्सका बार्से सग्नाले डी एरियामा स्विजरल्याण्डका मेहेमदीलाई हातले तान्न पुगेका थिए र मेहेमदीको जर्सी  च्यातिएको थियो। सो अवस्थामा खेल रेफ्रीले पेनाल्टी दिन पनि सक्थे तर सो खेल खेलाइरहेका स्लोभियनका डामिर सोकोमिनाले मेहेमदीलाई जर्सी परिवर्तन गर्न मैदान बाहिर पठाउँदा फ्रान्सलाई पेनाल्टीको संकट टरेको थियो।  उक्त जर्सी जर्मनको मल्टिनेशनल कम्पनी पुमाले स्विजरल्याण्डलाई उपलब्ध गराएको हो।

खेलमा फ्रान्सका एन्टेनियो ग्रीजम्यान र स्विस खेलाडी भालोन बेरामी बलका लागि जुध्दा बलको हावासमेत फुस्किएको थियो। 'बिउज्यु बल' प्रतियोगिताका लागि एडिड्यासले उपलब्ध गराएको हो। यसअघि सन् २०१० को विश्वकपमा पनि एडिड्यासले उपलब्ध गराएको 'जुवालानी बल' उपयुक्त नभएको भन्दै व्यापक आलोचना भएको थियो।

फिफाले प्रतियोगिताअघि खेलमा प्रयोग हुने बलको तौल र पानी शोस्नसक्ने क्षमताका आधारम बलको निर्धारण गर्छ। तर बलको हावा फुस्किएपछि रेफ्रीले खेल रोक्न बाध्य भएका थिए।

प्रकाशित: ६ असार २०७३ ०६:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App