coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै

काठमाडौं– अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मंगलबार नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘स्वयंसेवी कार्य पहिलो, यहाँ र जहाँ त्यहाँ’ मूल नारा तय गरिएको छ ।
दिवसको अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले स्वयंसेवाको क्षेत्रमा क्रियाशील सम्पूर्ण महानुभाव एवं देश, विदेशमा रहेका संघ–संस्थाहरुमा बधाइ तथा शुभकामना व्यक्त गरेका छन् ।
उनले नेपालमा स्वयंसेवाको क्षेत्रमा पाटी–पौवा निर्माण, महागुठी, परोपकार संस्था, नेपाल स्काउट र नेपाल रेडक्रसले गरेको कार्यको सराहाना गरे । उनले यस्ता स्वयंसेवी कार्यको सहयोगमा आगामी दिनमा समेत देशको आर्थिक, सामाजिक विकास र सामुदायिक सचेतना अभिवृद्धिमा उल्लेखनीय योगदान दिनसक्ने बताए।
दिवसको अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा. अरविन्द मिश्रले समेत शुभकामना दिएका छन् । उनले स्वयंसेवा सामाजिक क्षेत्रको बिशिष्ट अंग भएको र जटिल परिस्थितिमा पनि स्वस्फूर्तरुपमा तल्काल सहयोग पुर्याउने हुँदा यसको कार्य पारदर्शी भएको बताए ।
त्यस्तै आयोगका सचिवालय सचिव बिष्णुप्रसाद लम्सालले स्वास्थ्य, शिक्षा, विपद व्यवस्थापन, रोजगारी, नागरिक सचेतना अभिवृद्धि र वातावरण संरक्षणको क्षेत्रमा स्वयंसेवकले गर्ने कार्य निरन्तर जारी रहोस् भनी शुभकामना दिएका छन् ।

प्रकाशित: १९ मंसिर २०७४ ०४:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App