शशि कपुरको अन्तिम संस्कार आज

मङ्गलबार, १९ मङि्सर २०७४, १२ : २७ नागरिक


नयाँ दिल्ली– सोमबार साँझ मुम्बईमा मृत्यु भएका बलिउड अभिनेता शशि कपुरको अन्तिम संस्कार आज मध्यान्ह गरिने भएको छ । उनको मृत्यु सोमबार मुम्बईको कोकिलावेन अस्पतालमा भएको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत् उनको मृत्यु सँगसँगै देशले एक होनहार व्यक्ति गुमाएको बताएका छन् ।
७९ वर्षका कपुर केही समयदेखि बिरामी थिए । कपुरले तीन पटकसम्म राष्ट्रिय चलचित्र पुरस्कार पाएका थिए । हिन्दीलगायतका कतिपय अंग्रेजी चलचित्रमा समेत उनले योगदान पु¥याएका थिए ।

उनका फूल खिले, वक्त, अभिनेत्री, दीवारजस्ता चलचित्र चर्चित छन् । उनको मृत्युपछि बलिउड कलाकारहरुले सोमबार साझँ नै कपुरको घर पुगेका थिए ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

विवाहअघि नै गर्भवती मेघान ?

विवाहअघि नै गर्भवती मेघान ?

अमेरिकी अभिनेत्री मेगान मार्केल र बेलायती राजकुमार ह्यारीको हालैको इन्गेजमेन्ट र आगामी वर्षको मे महिनामा विवाह गर्ने समाचारले विश्वमा राम्रै...

नयाँ पुस्ताले सम्झाए नारायण गोपाल

नयाँ पुस्ताले सम्झाए नारायण गोपाल

नारायण गोपालको २७ औं स्मृति दिवसमा पछिल्लो पुस्ताका थुप्रै गायक गायिकाले उनका गीत गाएर स्वर सम्राटको सम्झनालाई जिवन्त बनाएका थिए...

युट्युबमा जीवन्त नारायण गोपाल

युट्युबमा जीवन्त नारायण गोपाल

नारायाण गोपालले गाएका गीतहरु कम्तिमा दुई दशक पुराना भइसके। उनी निधन भएकै आज २७ वर्ष पूरा भइसक्यो। तर भिडियो सेयरिङ...

नीलहिराले समलिंगी हेन्डसम छान्दै

नीलहिराले समलिंगी हेन्डसम छान्दै

नीलहिरा समाजको आयोजनामा ‘मिस्टर गे हेन्डसम २०१७’ हुने भएको छ । प्रतियोगिता आउँदो डिसेम्बर २१ अर्थात् पुस ६ मा काठमाडौंमा...