coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

युट्युबमा जीवन्त नारायण गोपाल

नारायाण गोपालले गाएका गीतहरु कम्तिमा दुई दशक पुराना भइसके। उनको निधन भएकै आज २७ वर्ष पूरा भयो। तर अमेरिकी भिडियो सेयरिङ साइट युट्युबमा नारायाण गोपालका गीतहरु अहिले पनि जीवन्त छन्। चर्चित छन्।

कुनै बेला नारायण गोपालले डिस्कमा गीत रेकर्ड गराएका थिए। संगीत पारखीले त्यसमै सुन्थे। पछि उनले क्यासेटमा रेकर्ड गराए। स्रोताले त्यसमै सुने। २०४७ मंसिर १९ मा नारायण गोपालको निधन भएको ११ वर्षसम्म क्यासेट प्लेयरमै उनका गीत बज्ने गर्थे। २०५८ कार्तिक महिनामा विश्व सांगीतिमा प्रविधिले नयाँ फड्को मार्‍यो। एप्पलले अाइपड सार्वजनिक गर्दै संगीतको पुरानो फोरम्याटलाई चुनाैती दियो।

त्यसपछि पुराना गीतहरु डिस्क र क्यासेटबाट डिजटलाइज्ड हुन थाले। नारायण गोपालका गीतहरुलाई पनि संगीत पारखी र उनका एल्बम निकाल्ने संगीत कम्पनीहरुले डिजटल भर्सनमा रुपान्तरण गर्दै लगे। 

अहिलेसम्म उनका लगभग सबै लोकप्रिय गीतहरु भिडियो सेयरिङ साइटमा उपलब्ध भइसकेका छन्। ४०-५० वर्ष पुराना गीतहरु अहिले पनि युट्युबमा हिट छन्।  प्रेयसीका यादहरु, मान्छेको माया, मलाई नसोध, लालीगुराँ भएछु, अल्झे छ क्योरे पछ्यौरीसहित गरी करिब १३६ गीत गाएका छन्। यी मध्ये अधिकांश लोकप्रिय गीतहरु अहिले युट्युबमा सुन्न सकिन्छ।

प्रकाशित: १९ मंसिर २०७४ ०७:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App