७ वैशाख २०८१ शुक्रबार
समाज

सीमानाका तीन दिन बन्द

वीरगन्ज- प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि सुरक्षाका दृष्टिकोणले नेपाल–भारतसीमा तीन दिनका लागि बन्द गरिएको छ । सोमबार राति १२ बजे बन्द गरिएको बिहीबार (२१ गते) राति १२ बजेसम्मका लागि बन्द गरिएको हो।

पर्सा जिल्लाको एक सय सातकिलो मिटर भूभाग भारतको बिहारसँग जोडिएको छ । निर्वाचन सुरक्षाका लागि भन्दै सोमबार बसेको जिल्ला सुरक्षा समिति पर्साको बैठकले भारतसँग सीमा जोडिएका पर्साका नाका बन्द गर्ने निर्णय गरेको हो ।

बिहीबार हुने निर्वाचनमा सीमापारिबाट हुने सुरक्षा खतरालाई ध्यानमा राख्दै भारतसँग सीमा जोडिएको पर्साको एक सय सात किलोमिटर सीमासँगै तराईका सबै सानाठूला नाका सोमबार रातिदेखि बन्द गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले जानकारी दिए । दैनिक करिब ३५ करोड रुपैया राजश्व संकलन हुने वीरगन्ज भन्सारमा नाका बन्द भएकोले नयाँ मालसामान निकासी वा पैठारी पनि ठप्प भएको छ ।

नेपाल–भारत सीमानाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा निगरानी बढाएका छन् । सवारीसधान आवजावतमा रोक लगाइएको छभने साइकल र मोटरसाइकल जस्ता सवारीसाधन चल्न पाएका छन् । सीमा वारपार गर्ने यात्रुलाई सुरक्षाकर्मीले  चेकजाँच गरेर मात्रै आवातजावत गर्न दिएका छन् । नेपालभारत सुरक्षा अधिकारीको संयुक्त बैठकअनुसार सिमापारि भारतको बिहार प्रहरीले नेपालतिर आउने यात्रुलाई सुरक्षा जाँच बढाएका छन् । त्यस्तै सशस्त्र सुरक्षा बल (एसएसबी) ले सुरक्षागस्ती र सीमाक्षेत्रमा निगरानी बढाएका छन् ।

पर्सामा रहेका एक सय ६७ वटा मतदान स्थलमध्ये भारतसँग सीमा जोडिएका स्थानमा रहेका ७३ वटा मतदान स्थललाई सुरक्षा दृष्टिकोणले अति संवेदनशील मानिएको छ । मतदान स्थलमा निर्वाचनमा खटेका कर्मचारी र सुरक्षा टोली पठाइसकिएको जिल्लास्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

 

प्रकाशित: २० मंसिर २०७४ ०१:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App