coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

ब्याडमिन्टनमा नेपाल फाइनलमा

काठमाडौं-  भारतको गुवाहटीमा जारी प्रथम दक्षिण एसियाली मिक्स टिम ब्याडमिन्टन च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ ।

पाँच राष्ट्र सहभागी राउन्ड रोविन लिगमा नेपाल उपविजेता हुँदै फाइनलमा पुगेको नेपाल ब्याडमिन्टन संघका उपमहासचिव लवभक्त श्रेष्ठले जनाएका छन् । नेपालले उपाधिका लागि बुधबार भारतको सामना गर्नेछ । नेपाल र भारतसहित प्रतियोगितामा भुटान, माल्दिभ्स र बंगलादेश सहभागी छन् । भारत विजेता हुँदै फाइनलमा पुग्यो ।

नेपालले बंगलादेश, भुटान र माल्दिभ्सलाई समान ५–० को नतिजामा पराजित ग¥यो । भारतसंग भने नेपाल ५–० ले नै चुकेको थियो ।

नेपालबाट दीपेश धामी, नवीन श्रेष्ठ, गौतम कठायत, जेसिका गुरुङ, सनैना मुखियाँ र रसिला महर्जन सहभागी छन् । मिक्स टिममा पुरुष/महिला सिंगल्स र डबल्स तथा मिक्स डबल्स गरी ५ स्पर्धामा प्रतिस्पर्धा हुन्छ ।

 

 

 

प्रकाशित: २० मंसिर २०७४ ०२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App