जापान–नेपाल सम्बन्ध

बुधबार, २० मङि्सर २०७४, ०९ : १९ डा. वामदेव सिग्देल


नेपाल र जापानबीचको सम्बन्धको आधार दुवै मुुलुकहरू एसिया महादेशमा रहनु, धर्म तथा संस्कारमा केही हदसम्म एकरूपता हुन जानु, बुद्धको जन्मथलो नेपाल रहनु र बुद्ध धर्मका कारण जापानीहरूबीच नेपाल आकर्षणको केन्द्रविन्दु रहन जानु, नेपालको हिमालय लगायतका हिमशृंखलाहरू जापानीहरूका लागि आकर्षणको विषय रहनु र जनस्तर तथा सरकारी स्तरबाट नेपाल विकासमा अघि बढ्दै जाँदा जापान आर्थिक सहायतामार्पmत सम्बन्ध बढाउन उत्सुक हुनु आदि नै हुन् ।

सन् १८९९ मा बुद्ध धर्मबारे जिज्ञासा लिँदै जापानी भिक्षु एकाई कावागुचीको नेपाल आगमनले नेपाल–जापान सम्बन्धलाई जनस्तरबाट उठान गर्दै लैजान जग हाल्ने काम हुनगयो । कावागुचीले तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शम्सेरलाई नेपालको आर्थिक विकासका लागि आवश्यक रूपले लागिपर्न सुझाव दिएबाट जापान सधैँ जनस्तरदेखि नै समुन्नत नेपाल र नेपालको असल मित्रको परिचय दिन्छ । भिक्षु कावागुचीले नेपाली शिक्षाको विकास र विस्तारद्वारा समृद्धितर्पm उन्मुख हुन तत्कालीन राणा शासकहरूलाई सुझाव दिए तापनि उनीहरू इस्ट इन्डिया कम्पनीसँग बढी सामीप्य भएबाट यो कुरा तथा उनका सुझावहरूको कार्यान्वयनको मामिलामा तिनताका शासकहरू नतमस्तक  रहे । त्यस्तै सन् १९०२ मा नेपालले सरकारी खर्चमा खानी तथा भूगर्भ, कृषि, मेकानिकल इन्जिनियरिङ, कागज र साबुन बनाउने विषयहरूमा उच्चशिक्षा अध्ययनका लागि आठ जना नेपाली विद्यार्थी जापान पठाएको घटनाले नेपाल–जापान सम्बन्धलाई थप सृदृढ गरेको आभास मिल्छ ।

            द्वितीय विश्वयुद्ध अगाडि नेपाल–जापान सम्बन्ध व्यापारिक दृष्टिकोणबाट पनि विस्तारित भएको इतिहासले पुष्टि गर्छ । तिनताका राणा शासकहरूले बेलायत, फ्रान्स र जापानबाट विविध खाले उपभोग्य सामानहरू भारतको बाटो आयात गर्ने गरेको पाइएको छ । यी आयातित सामानहरूमध्ये जापानबाट रेशम तथा टेक्सटाइलका सामानहरू र बर्माबाट खाद्यान्नहरू आयात गरेका प्रमाण भेटिएका छन् । नेपाली र जापानी जनताहरूको परिवार, समाज, प्रकृति, धर्म र देश तथा प्रदेशलाई हेर्ने, मनन गर्ने दार्शनिक दृष्टिकोण तथा शैली उस्तै खाले भएबाट पनि नेपाल–जापान सम्बन्ध घनिष्ठ हुनपुगेको कुरा यहाँनेर बिर्सन हुँदैन ।

नेपालका लागि वैदेशिक सहायता सन् १९५१ मा प्वाइट फोर प्रोग्राम अमेरिकी सहयोगबाट सुरु भए तापनि नेपालका लागि जापानी आर्थिक सहायता सन् १९६९–७० ताका काली नदीको विद्युत् उत्पादनको सम्भाव्यता अध्ययनका लागि जापानी सरकारबाट उपलब्ध गराइएको प्राविधिक सहायताबाट सुरु भएको प्रतीत हुन्छ । जापानले सन् १९७० को सुरुआतदेखि नै कोलोम्बो प्लानअन्तर्गत कृषि, सिँचाइ, वन, माछापालन आदि क्षेत्रहरूमा आप्mना प्राविधिकहरूलाई विकास स्वयंसेवीका रूपमा कार्य गर्न पठाएको पाइन्छ । सन् १९७० मा जापान सरकारले राप्ती उपत्यका विकास आयोजना कार्यान्वयनका लागि कृषि उपकरण र प्राविधिक सहायता उपलब्ध गराएको थियो । सन् १९७० को फरवरी महिनामा नेपाल–जापानबीच एउटा सम्झौता पनि भएको थियो, जसअन्तर्गत नेपालको आर्थिक÷सामाजिक विकासमा सघाउ पु¥याउन जापानी भोलेन्टियरहरू नेपालमा आई कार्य गर्ने कुरा अगाडि बढाइएको थियो । जापानले सन् १९७० को दशकपश्चात् नेपालको कृषि, यातायात, सञ्चार, खानेपानी, विद्युत्, स्वास्थ्य आदि क्षेत्रहरूमा ऋण, अनुदान तथा प्राविधिक सहायता क्रमिक रूपले उपलब्ध गराउँदै आएको छ र यो क्रम अद्यापि जारी नै छ ।

            नेपालमा जापानी सहायता आर्थिक–सामाजिक रूपान्तरण, प्रजातन्त्रको प्रत्याभूति, शान्ति बहाली र विकास आदिको अभिप्रायले आप्रवाहित भएको छनक मिल्छ र तैपनि सन् १९९२ मा प्रकाशित जापानी ओडिए चार्टरले जापानी सहायता शान्ति र विकास तथा जापानको आप्mनो सुरक्षा तथा समृद्धिसँग गाँसिएको कुरो प्रस्ट्याउँछ । जापानले विकासोन्मुख तथा अल्पविकसित मुलुकहरूको मानवीय संसाधन विकास, सामाजिक तथा आर्थिक पूर्वाधार विकास, द्वन्द्व समाधान तथा पुनर्वास, प्राकृतिक प्रकोप व्यवस्थापन, कृषि, मानवीय सम्पदाको संरक्षण र विकास, सञ्चार सेवाको विस्तार, सामाजिक सेवा आदिको क्षेत्रमा अनुदान, ऋण र प्राविधिक सहायता उपलब्ध गराउँदै आएको छ । जापानले नेपालको विकासका लागि नेपाल सरकारले तोकेका प्राथमिकताका क्षेत्रहरू जस्तो, मानवीय संसाधनको विकास, कृषिको विकास, सामाजिक क्षेत्रहरूको विकास, वातावरणीय क्षेत्र तथा राष्ट्रिय सम्पदाको जर्गेना आदि पर्न आउँछन् ।

जापानसँग नेपालको जनस्तर, व्यापारिक स्तर, धार्मिक तथा सांस्कृतिक स्तरमा सबन्ध रहेको पाइन्छ । विगतमा जापानबाट सिल्क र कपडाहरूको आयातबाट सुरु भएको आर्थिक सम्बन्ध सन् १९६० को दशकबाट वैदेशिक सहायतामार्पmत झन् प्रगाढ हुँदै गएको छ । सन् १९८० को दशकयता नेपाल–जापान सहायता सम्बन्धसँगै व्यापारिक सम्बन्ध पनि क्रमिक रूपले विस्तारित हुँदै गएको छ । तत्पश्चात् नेपाल–जापानबीच लगानी सम्बन्धले पनि आकार दिँदै आएको छ । नेपालका लागि जापान दोस्रो दुईपक्षीय सहायता प्रदान गर्ने मुलुक हो । जापानी सहायता बचत र लगानीका खाडलहरू न्यून गर्दै नेपालको आर्थिक तथा सामाजिक रूपान्तरणमा उपयोग हुँदै आएको छ । जापानी सहायताका अंशहरू नेपालको कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी, पूर्वाधार विकास, उद्योग, सञ्चार आदि क्षेत्रहरूमा उपयोग हुँदै आएको छ । जापानमा छाएको मन्दी र सुनामीले उसको सहायता आप्रवाहमा केही आँच तुल्याए पनि नेपालका लागि जापानले आप्mनो सहायता रकमलाई निरन्तरता दिँदै आएको छ । भूकम्पपश्चात् जापानले पुनरुत्थान र राहत कार्यमा आप्mनो सक्रिय संलग्नता देखाउनु तथा सहायताको प्रतिबद्धता रहनुले नेपालप्रति मित्रताको कार्य गरेको प्रस्टिन्छ ।

वास्तवमा वैदेशिक विकास सहायताको आप्रवाहले मात्र द्रुत विकास हुन सक्दैन । प्राप्त वैदेशिक सहायतालाई कसरी उत्पादनशील क्षेत्रको अभिवृद्धिका लागि उपयोग भएको छ, त्यसले वास्तविक आर्थिक समृद्धिलाई निर्धारण गर्ने गर्छ । सहायता सहायताका लागि भन्दा स्वाधीन अर्थतन्त्रका लागि आवश्यकीय पूर्वाधार विकास तथा विस्तारका लागि उपयोग गरिनुपर्छ । देशको सुशासन स्थिति, वैदेशिक सहायता पचाउने क्षमता विकास, जनमुखी कार्यक्रमहरू र विकासमा जनताको सहभागिता आदि वैदेशिक सहायताको प्राप्ति र उपयोगको आधार हो । त्यस्तै, प्रजातन्त्रप्रतिको प्रतिबद्धताले पनि आगामी वर्षमा जापान लगायतका मुलुकहरूबाट प्राप्त हुने सहायताको मात्रालाई निर्धारण गर्ने हुन्छ । देशको कृषि, पर्यटन र जलस्रोतको विकासमा नेपालले मित्रराष्ट्र जापानबाट प्राप्त हुने आर्थिक एवं प्राविधिक सहायता तथा प्रविधिको अपेक्षा गरेको छ । 

कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

आयो मिष्टर झोले !

आयो मिष्टर झोले !

चार वर्ष अघि निर्माण भएको डार्क कमेडी फिल्म ‘झोले’सँग नाम मिल्ने गरी बनाइएको फिल्म ‘मिष्टर झोले’को ट्रेलर सार्वजनिक भएको छ...

वितरकको पैसा फिर्ता गर्दै शाहरुख

वितरकको पैसा फिर्ता गर्दै शाहरुख

बलिउडमा ‘किङ खान’का रुपमा परिचित अभिनेता शाहरुख खानको पछिल्लो फिल्म ‘जब ह्यारी मेट सेजल’ बक्सअफिसमा फ्लप भयो । आफैले निर्माण...

विराट र अनुस्काको इटालीमा लगनगाँठो

विराट र अनुस्काको इटालीमा लगनगाँठो

भारतीय क्रिकेट टोलीका कप्तान विारट कोह्ली र बलिउड अभिनेत्री अनुस्का शर्मा वैवािहक बन्धनमा बाँधिएका छन्। उनीहरुले आज इटालीको फ्लेरेन्स सहरमा...

विवाहअघि नै गर्भवती मेघान ?

विवाहअघि नै गर्भवती मेघान ?

अमेरिकी अभिनेत्री मेगान मार्केल र बेलायती राजकुमार ह्यारीको हालैको इन्गेजमेन्ट र आगामी वर्षको मे महिनामा विवाह गर्ने समाचारले विश्वमा राम्रै...