कुन नेता कहाँबाट मतदान गर्दै ?

बिहिबार, २१ मङि्सर २०७४, ०६ : ४८ भुवन शर्मा


काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रमुख दलका शीर्ष नेताहरूले विभिन्न ठाउँबाट मतदान गर्दैछन् । अधिकांश नेताहरूले बिहान मतदान गर्ने समय तय गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम मावि मतदान केन्द्रबाट मतदान गर्नेछन् । देउवा बिहीबार नै काठमाडौं फर्कने उनका निजी सचिव केशव जोशीले बताए । देउवाले  डडेलधुराबाटै प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् । चुनावको तयारी गर्न देउवा केही दिनदेखि डडेलधुरामा छन् ।
एमाले अध्यक्ष केपी ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ महेन्द्रशान्ति माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । उनले झापा–५ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् । उनले आफ्नो आफूलाई भोट दिन पाउने छैनन् ।
एमालेका अर्का नेता माधव नेपालले रौतहटको गौर नगरपालिकास्थित रामजनकी मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । उनी काठमाडांै २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । उनले पनि आफ्नो भोट आफैंलाई दिन पाउने छैनन् ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–२ सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । उनले तनहुँ–१ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् । पौडेलले बिहीबार बिहान मतदान गर्ने कार्यक्रम तय भएको उनका सहयोगी चिरञ्जीवी अधिकारीले बताए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको भरतपुर महानगरपालिका–१४ स्थित माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । उनी चितवन–३ का प्रतिनिधिसभा सदस्य  उम्मेदवार हुन् । यसैगरी माओवादी केन्द्रका नेता रामबहादुर थापाले चितवनको भरतपुर महानगरपालिकाबाट मतदान गर्ने भएका छन् । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले ललितपुर–३ बाट मतदान गर्ने भएकी छन् । उनले ललितपुर–३ बाट प्रतिनिधिसभामा उम्मेदवार दिएकी छन् ।
एमालेका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलामको सूर्योदय नगरपालिकाबाट मतदान गर्ने भएका छन् । खनालले प्रतिनिधिसभा निर्वाचनमा इलाम–१ बाट उम्मेदवारी दिएका छन् ।
नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले झापाको भद्रपुर नगरपालिकाको कलबलगुडी मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । सिटौलाले झापा–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् ।
माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले पनि आफ्नो भोट आफैंलाई दिन पाउने छैनन् । उनले प्रतिनिधिसभा निर्वाचनमा दाङ–२ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् । मतदाता सूचीमा उनको नाम भने रोल्पामा रहेको छ । पहिलो चरणअन्तर्गत रोल्पामा मतदान सम्पन्न भएको छ ।
संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले पनि आफ्नो भोट आफंैलाई दिन पाउने छैनन् । यादवले सप्तरी–२ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् । उनले भोट विराटनगर महानगरपालिका–१४ जुतुवाबाट मतदान गर्ने भएका छन् ।
महोत्तरी–३ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका ठाकुरले सर्लाहीको बलरा नगरपालिकाबाट मतदान गर्ने भएका छन् । महतोले सर्लाहीको चन्द्रननगर–२ बाट मतदान गर्ने भएका छन् । महतोले धनुषा ३ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् ।
राजपाका अध्यक्ष मण्डलका सदस्य शरत्सिंह भण्डारीले भने आफ्नो भोट आफूलाई दिनेछन् । उनले महोत्तरीको औरही–१ बाट मतदान गर्ने भएका छन् ।
 

सुदूरपश्चिममा को कहाँबाट

दिलबहादुर छत्याल
धनगढी- बिहीबार हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा एमाले उपाध्यक्ष भीम रावलले गृहजिल्ला अछामको साँफेबगर–६ स्थित चन्द्रोदय मावि मतदान केन्द्रबाट मतदान गर्नेछन् । उनी अछाम–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् । माओवादी केन्द्रका नेता एवं कैलाली क्षेत्र नम्बर ४ मा प्रदेशसभा उम्मेदवार लेखराज भट्टले गोदावरी नगरपालिका–१ अत्तरियास्थित घन्टेश्वरी मावि मतदान केन्द्रबाट मतदान गर्नेछन् ।
यस्तै कांग्रेस नेता रमेश लेखकले गृहजिल्ला कञ्चनपुरको वेदकोट–८ स्थित बैजनाथ मावि मतदान केन्द्र र कांग्रेसकै अर्का नेता एनपी सावदले भीमदत्त नगरपालिका–२ उल्टाखामस्थित सरस्वती मावि मतदान केन्द्रबाट मतदान गर्दैछन् । लेखक क्षेत्र नम्बर ३ र सावद क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् ।
    निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवाका प्रतिस्पर्धी माओवादी पोलिटब्युरो सदस्य खगराज भट्टले डडेल्धुरा अयजमेरु–४ स्थित चिपुर मतदान केन्द्रबाट मतदान गर्नेछन् ।
    कैलाली क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कांग्रेस नेता रामजनम चौधरीले भने आफूलाई मत हाल्न पाउने छैनन् ।     उनले गृहक्षेत्र पर्ने क्षेत्र नम्बर १ अन्तरगत जोशीपुर गाउँपालिका–४ स्थित राष्ट्रिय मावि डहरबेडिया मतदान केन्द्रबाट मतदान गर्नेछन् ।    कैलाली क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पूर्वमन्त्री एवं माओवादी नेता गौरीशंकर चौधरीले बसौटी स्वास्थ्य चौकी मतदान केन्द्रबाट मतदान गर्नेछन् ।
    कैलाली क्षेत्र नम्बर ५ मा कांग्रेसबाट प्रतिनिधिसभा उम्मेदवार बनेकी आरजु राणा देउवाले मतदान गर्न पाउने छैनन् । गृहजिल्ला डडेल्धुरामा मतदाता नामावलीमा नाम रहे पनि उनी निर्वाचनको दिन यहीं रहने कांग्रेस कैलालीले जनाएको छ ।





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

बलिउडमा जमेका 'विदेशी' नायिका

बलिउडमा जमेका 'विदेशी' नायिका

बलिउडमा केही यस्ता नायिका छन् जो विदेशमा जन्मेर पनि बलिउडमा राज गरिरहेकी छन्। भन्ने गरिन्छ बलिउडमा जम्नका लागि हिन्दी पनि...

तानसेनमा ‘वन्स मोर’

तानसेनमा ‘वन्स मोर’

तानसेनको टुँडिखेलमा शनिबार दर्शकको खचाखच उपस्थिति थियो । विदाको सदुपयोग गर्दै मेला अवलोकनका लागि भरिभराउ दर्शकहरुले गीतसंगितसँगै रमाए । पाल्पा...

भलिबलले जोडेको मन

भलिबलले जोडेको मन

सामान्यतया खेलाडीलाई होम ग्राउन्डको फाइदा रहन्छ ।  समर्थनमा सुनिने हुटिङले खेलाडीको उत्साह बढाउँछ । भक्तपुरमा फागुन ३ देखि ८ गतेसम्म...

क्यानभासमा प्रकाश भर्ने कृष्णगोपाल

क्यानभासमा प्रकाश भर्ने कृष्णगोपाल

कृष्णगोपाल रञ्जितलाई एक दिन कसैले सोध्यो, ‘तपाईं मूर्ति पनि बनाउनु हुन्छ ?’ ८६ वर्षीय रञ्जितले कपुरधारास्थित आफ्नो घरको आर्ट स्टुडियोमा...