६ वैशाख २०८१ बिहीबार
राजनीति

मतदाताहरु झिसमिसेमै मतदान केन्द्रमा

भरतपुर महानगरपालिका वडा नं. ३ चमेलीदेवि स्कुलको मतदान स्थलमा विहान सबेरै लामबद्ध मतदाताहरु।

चितवन– दोस्रो चरणअन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको आज हुने मतदानका लागि मतदाताहरु झिसमिसेमै मतकेन्द्रमा लामबद्ध हुन सुरु गरेका छन् ।

चितवन भरतपुर–३ को मतदान स्थल चमेलीदेबी पिया आधारभूत विद्यालयमा बिहान छ बजे अगावै मतदाताहरु मतदानका लागि आएर लाइनमा बसेको भेटिए । मतदान सात बजेबाट सुरु हुन्छ । पाँच बजे सकिने छ ।
    
चितवनमा १६१ ठाउँमा ४०८ मतदान केन्द्रहरु छन् । जिल्लामा प्रतिनिधि सभाका लागि तीन र प्रदेश सभाका लागि छ निर्वाचन क्षेत्र छन् । जिल्लाका कूल मतदाता संख्या तीन लाख ५४ हजार ३६ रहेको छ ।
चितवनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुरकै वडा नं. १४ शिवनगर शान्तिपुरको स्कुलमा मतदान गर्दैछन् ।

त्यस्तै वर्तमान सरकारका वन मन्त्री तथा राप्रपा प्रजातान्किकका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले भरतपुर महानगरकै मेघौलीमा मतदान गर्दैछन् । दाहाल र पाण्डे चितवन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पनि हुन् ।

प्रकाशित: २१ मंसिर २०७४ ०१:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App