८ वैशाख २०८१ शनिबार
राजनीति

इलाममा उत्साहपूर्ण मतदान [फोटो फिचर]

इलाम- इलाममा उत्साहपूर्ण रूपले मतदान सुरु भएको छ । बिहीबार बिहान ७ बजे नै जिल्लाका मतदान केन्द्रहरूमा मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

इलाम क्षेत्र २ का उम्मेदवारसमेत रहेका पूर्वसभामुख तथा एमालेका नेता सुवासचन्द्र नेम्वाङले सदरमुकामको बालमन्दिर मतदान केन्द्रबाट मतदान गर्दै केन्द्रको उद्घाटनसमेत गरेका छन् । इलाम क्षेत्र १ का उम्मेदवार रहेका पूर्वप्रधामन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालले सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालय मतदान केन्द्रबाट अहिले ९ बजे मतदान गर्दैछन् ।

प्रतिनिसिभा प्रदेशसभा निर्वाचनका लागि जिल्लाका २ लाख ४ हजार ४६ जनाको नाम मतदाता सूचीमा छ । जिल्लाका प्रतिनिधिसभा २ र प्रदेशसभाका ४ निर्वाचन क्षेत्रकै मतदाता मतदानमा सहभागी हुँदैछन् । क्षेत्र नम्बर १ मा १ लाख १ हजार ६१ र क्षेत्र २ मा १ लाख २ हजार ९ सय ८५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा १ सय ४४ मतदानस्थल र २ सय ६६ मतदान केन्द्र तोकिएका छन् ।     मतदानस्थलमा सबै मतदाताका लागि सुरक्षित र भयरहित तवरले मतदान गर्ने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले बताए । उनले सबै मतदातालाई ढुक्कसँग मतदान केन्द्रमा पुगेर मतदान गर्न आग्रह पनि गरे ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App