७ वैशाख २०८१ शुक्रबार
राजनीति

रामचन्द्र पौडेलद्वारा तनहुँमा मतदान

दमौली- नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार रामचन्द्र पौडेलले दमौलीस्थित सत्यवती माविको मतदान केन्द्रबाट बिहान ७ बजे मतदान गरेका छन् ।
मतदानपछि नेता पौडेलले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै यो निर्वाचन संविधान कार्यान्वय गराउन ऐतिहासिक दिन भएको बताए ।
‘देशमा दीगो शान्ति कायम गर्दै मुलुक अब आर्थिक समृद्धिको बाटोमा आगडि बढ्नेछ,’ उनले भने  ।
मुलुकको राजीतिक संकटलाई अन्त्य हुने उनको दाबी छ । निर्भिक भई मताधिकारको प्रयोग गर्न सबै मतदातासंग नेता पौडेलले अनुरोधसमेत गरे ।

 

प्रकाशित: २१ मंसिर २०७४ ०२:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App