८ वैशाख २०८१ शनिबार
समाज

सर्पको टोकाइवाट दुधे बालकको मृत्यु

रौतहट- विषलु सर्पको टोकाईवाट रौतहटमा एकजना दुधे वालकको ज्यान गएको छ। रौतहटको करुनिया गाविस ७ लक्ष्मिनीयाटोलका अब्दुल बारीकको छ महिनाको छोरा अब्दुल रहमानको विषालु सर्प करैतको टोकाइवाट ज्यान गएको हो ।

घरमा सतिरहेको अवस्थामा करैत सर्पले अवोध वालकको खुटामा टोकेपछि वच्चा चिच्याएको आवाज सुनेर घरका सदस्यहरु पुगेपछि वच्चाको खुटा करैत सर्पले टोकेर ओच्छयानमै वसेको देखेपछि सर्पलाई मारी वच्चालाइ अस्पताल पुर्याउनुको साटो धामीझर्कीकोमा लगेका थियो।

 विषलु सर्पको टोकाइवाट सिकिस्त वनेका वच्चालाई परिवारका सदस्यहरुले झार्कीकहाँ झारफुकको लागी लगेपछि वच्चाको शरिरभरी विष फैलिएर अचेत हुँदा अन्तमा जिल्ला अस्पताल गौरमा उपचारार्थ लैजादै गर्दा उनको वाटोमै ज्यान गएको अस्पतालका चिकित्सक विमलेश मिश्रले बताए ।

सर्पले टोकेपछि झार्कीकोमा गएको कारण शरिरभरी विष फैलिर वालकको वाटोमै मृत्यु भएको चिकित्सक मिश्रले बताए ।

 

 

प्रकाशित: २१ श्रावण २०७३ १४:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App