coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मतदानपछि दाहालले भने– ‘अब राजनीति र संघर्षको हैन, विकास र सम्वृद्धिको यात्रा सुरु भयो’

तस्बिर सौजन्य : नारायणी अनलाइन

चितवन– दोस्रो चरणअन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा अघि बिहान माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन क्षेत्र नं. ३ अन्तर्गत रहेको भरतपुर महाननगरपालिका वडा नं. १४ शिवनगरको शान्तिपुर स्कुलमा मतदान गरेका छन् । दाहाल सो क्षेत्रको उम्मेदवार पनि हुन् ।

संविधान जारी भएपछि प्रदेश सभा र प्रतिनिधि सभाका लागि मतदान गर्न पाउनु आफ्ना लागि निकै गर्वको कुरा भएको मतदानपछि दाहालले बताए । ‘इतिहासको एउटा अध्याय र अर्को अध्ययाको सुरुवात भएको छ,’ दाहालले भने । यो निर्वाचनपछि राजनैतिक स्थीरता आउने र त्यसबाट विकास र निर्माणको रफ्तार बढ्ने दाहालले बताए ।
अबको यात्रा राजनीतिक संघर्षको हैन सम्वृद्धि र विकासको हुने दाहालको भनाइ थियो । यो चुनाबपछि पाँच वर्ष टिक्ने बलियो र स्थायी सरकार बन्ने दाहालले बताए । ‘सरकार पाँच वर्ष नटिक्दा विकास निर्माणले गति लिन पाएन । अहिले पहिलो चोटी त्यो स्थीतीको अन्त्य हुँदैछ । गठबन्धनले बहुमत ल्याउँदै छ । सरकार बनाएर विकास र सम्वृद्धिको एजेन्डामा केन्द्रित हुने अवसर निर्माण भएको छ’ दाहालको भनाइ थियो ।
कुन गठबन्धनले सरकार बनाउने गरेर बहुमत ल्याउँदै छ भन्ने प्रश्नमा दाहालले भने ‘जसको भए पनि गठबन्धनको बहुमत आउनु पर्छ भन्ने हो । यो पटक बामपन्थी गठबन्धनको बहुमत आउँछ । यसमा डाउट (शंका) छैन ।’ दाहाल बिहान सातै बजे नै मतदान केन्द्र पुगेका थिए । यसअघिका निर्वाचनमा चितवन क्षेत्र नं. २ अन्तर्गत रहेको भरतपुर–४ को लक्ष्मी मावि लंकु मतदान केन्द्रमा मतदान गर्दै आएका दाहालले पहिलो पटक शिवनगरबाट मतदान गरेका हुन् ।
कास्किमा जन्मेका दाहालले शिवनगरमा हुर्के बढेका र स्कुले शिक्षा पनि पुरा गरेका हुन् । चितवनमा १६१ ठाउँमा ४०८ मतदान केन्द्रहरु छन् । जिल्लामा प्रतिनिधि सभाका लागि तीन र प्रदेश सभाका लागि छ निर्वाचन क्षेत्र छन् । जिल्लाका कुल मतदाता संख्या तीन लाख ५४ हजार ३६ रहेको छ ।

तस्बिर सौजन्य : नारायणी अनलाइन
तस्बिर सौजन्य : नारायणी अनलाइन
तस्बिर सौजन्य : नारायणी अनलाइन
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App