७ वैशाख २०८१ शुक्रबार
राजनीति

सुर्खेतका सबै उम्मेदवारले गरे मतदान

सुर्खेत- प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो निर्वाचन अन्र्तगत सुर्खेतमा मतदान सुरु भएको छ । नेपाली कांग्रेस र बाम गठवन्धनका सबै उम्मेदवारहरुले आ–आफ्नो मतदान केन्द्रबाट मतदान गरेका छन् ।

नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री एवम् प्रतिनिधिसभा क्षेत्र नम्वर–१ का उम्मेदवार पूर्णबहादुर खड्काले गुर्भाकोट नगरपालिकाको सूर्यज्योति मावि केन्द्रबाट मतदान गरेका छन् ।

यस्तै कांग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा–२ का उम्मेदवार हृदयराम थानीले वीरेन्द्रनगरको सरस्वती आधारभूत विद्यालय ढोँडेखालीबाट मतदान गरेका छन् । एमाले पोलिटव्यूरो सदस्य एवम् प्रदेशसभा–२ ‘क’ का उम्मेदवार यामलाल कँडेलले वीरेन्द्रनगरको भैरव मावि केन्द्रबाट मतदान गरेका छन् भने सूचना तथा सञ्चार राज्यमन्त्रीसमेत रहेका कांग्रेस नेता एवम् प्रदेशसभा–२ ‘ख’ का उम्मेदवार तप्तबहादुर विष्टले विद्याज्योति मावि कुइने तातापानीबाट मतदान गरेका छन् ।

 

प्रकाशित: २१ मंसिर २०७४ ०३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App