राजधानीको मध्य भागमा डेढ घण्टा हिँडेर मतदान

बिहिबार, २१ मङि्सर २०७४, १५ : ४२ नागरिक


काठमाडौं—पहाडी तथा दुर्गम क्षेत्रमा घण्टौँ हिँडेर मतदान गर्न जाने गरेको विषय सहज लागेपनि राजधानी काठमाडौँमै डेढ घण्टा हिँडेर मतदान केन्द्रसम्म मतदाता पुगेको भन्ने सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ।

यो यथार्थ हो। भक्तपुरको लोकन्थली घर भएकी अंशु ढुंगेल डेढ घण्टा हिँडेर काठमाडौँको मध्य भाग पुरानो बानेश्वरस्थित रत्नराज्य उच्च माध्यामिक विद्यालय आएर मतदान गरिन्।

पुरानो बानेश्वरमा रहेको रत्नराज्य माध्यामिक विद्यालयमा आफ्नो मतदाता नामावली भएपछि उनी भक्तपुरबाट पैदल हिँडेर त्यस ठाँउमा आएर मतदान गरेकी हुन्।

पुरानो बानेश्वरमा रहेको रत्नराज्य माध्यामिक विद्यालयमा आफ्नो मतदाता नामावली भएपछि उनी भक्तपुरबाट पैदल हिँडेर त्यस ठाँउमा आएर मतदान गरेकी हुन्।

यस्तै कोटेश्वर महादेवस्थानबाट मतदानका लागि एक घण्टा हिँडेर आउनुभएका ६३ वर्षीय सञ्जय भट्टराई लामो दूरी हिँडेर मताधिकार प्रयोग गर्न आएको बताउँछन्। मतदानपछि भट्टराई पार्टी भन्दापनि असल र विकासप्रेमी नेतालाई मतदान गरेको बताउँछन्। 'जनताको सुःख दुःखमा भिजेको तथा आफ्नो ठाँउको विकास गर्ने नेतालाई मतदान गरेको छु', उनी भन्छन्।

यसैगरी बानेश्वरबाट मतदानका लागि आएका पञ्चनारायण महर्जन निर्वाचनमा मत प्रयोग गर्न पाएकोमा मख्ख थिए। 'निर्वाचनपछि मुलुकमा केही परिवर्तन हुन्छ भन्ने लागेको छ', उनले भने।

निर्वाचनको दिनमा सरकारले निजी तथा सार्वजनिक सवारी साधन चलाउन रोक लगाएपछि टाढाटाढाबाट मतदाताहरु आफ्नो मताधिकार प्रयोग गर्न मतदानस्थलसम्म पुगेका छन्।

पुरानो बानेश्वरको रत्नराज्य विद्यालयमा तीनवटा मतदान केन्द्र राखिएको छ। केन्द्र ‘ग’ का मतदान अधिकृत नगेन्द्रकुमार कालाखेती रत्नराज्य मतदान स्थलमा तीन हजार ७०४ मतदाता रहेको बताउँछन्। 'बिहानदेखि नै एकै तवरले मतदाताहरु लाइनमा बसेर आफ्नो मताधिकारको प्रयोग गरिरहनुभएको छ', उनले भने।

काठमाडौँ महानगरपालिकाको १०, ११, २९ र ३१ नं वडामा रहेका पुरानो बानेश्वर, नयाँ बानेश्वर, बुद्धनगर, शान्तिनगर, मीनभवन, शंखमुल, मैतीदेवी, अनामनगर, त्रिपुरेश्वर, डिल्लीबजार, थापाथली, माइतीघर, भोटेबहाललगायतका ठाँउ यस क्षेत्रमा पर्छन्।

काठमाडौँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह, वाम गठबन्धनबाट अनिल शर्मा र विवेकशील साझा पार्टीबाट पार्टीका संयोजक रविन्द्र मिश्र चुनावी मैदानमा छन्। रासस





यसमा तपाईको मत

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

बागी २ को ट्रेलर सार्वजनिक, टाइगरको जबरजस्त एक्सन

बागी २ को ट्रेलर सार्वजनिक, टाइगरको जबरजस्त एक्सन

बलिउडको बहुप्रतिक्षित फिल्म ‘बागी २’को ट्रेलर सार्वजनिक भएको छ। फिल्मका प्रमुख कलाकार टाइगर श्राफ र दिशा पटानीले मुम्बईको पीवीआर थियटरमा...

बागी २ को ट्रेलर सार्वजनिक, टाइगरको जबरजस्त एक्सन

बागी २ को ट्रेलर सार्वजनिक, टाइगरको जबरजस्त एक्सन

बलिउडको बहुप्रतिक्षित फिल्म ‘बागी २’को ट्रेलर सार्वजनिक भएको छ। फिल्मका प्रमुख कलाकार टाइगर श्राफ र दिशा पटानीले मुम्बईको पीवीआर थियटरमा...

कविशिरोमणि रचनावली प्रकाशित

कविशिरोमणि रचनावली प्रकाशित

कविशिरोमणि लेखनाथ पौड्यालका सम्पूर्ण कृतिहरूको संगालोका रुपमा कृति ‘कविशिरोमणि रचनावली’ बजारमा आएको छ । पाँच खण्डमा समेटिएको कृति कवि शिरोमणिको...

राजधानीमा थपियो नयाँ नाटक घर

राजधानीमा थपियो नयाँ नाटक घर

चिनियाँ कथाकार लु स्युनको कथामा आधारित ‘म्याड म्यान्स डायरी’को मञ्चनसँगै राजधानीमा नयाँ नाटघकर खुलेको छ। ...